मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

लेटाङ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, वडागत रुपमा सुनुवाई गर्ने नगर प्रमुखको प्रतिवद्धता

Rato Pen 1+ समाचार ( )
१५ असार २०८०, शुक्रबार

मोरङ । लेटाङ नगरपालिकाले नगरपालिकाबाट हुने सेवाप्रवाह र विकास निर्माण बारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । लेटाङ  नगरपालिकाको आयोजना तथा सुकुना मिडिया एण्ड सर्भिस प्रा. लि. मोरङको समन्वयमा लेटाङ ३ स्थित कमलपुर सामुदायीक वन उपभोक्ता समूहको सभाहलमा विहीबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । 

 कार्यक्रमको सुरुमा नगरपालिकाका योजना शाखा प्रमुख भूपेन्द्र खनालले नगरपालिकाले १ वर्षभरिमा गरेका कामको प्रगित विवरण प्रस्तुत गर्नुभयो भने उप्रमुख कृष्ण कुमारी निरौलाले न्यायीक समितिले गरेका काम बारे जानकारी गराउनुभयो । त्यसपछि कार्यक्रमको सहजकर्ता सुकुना मिडिया प्रा.लि. को तर्फबाट नागरिक प्रतिवेदन भाग १, नागरिक प्रतिवेदन भाग २ र वहिर्गमन अभिमतमा प्राप्त तथ्यांक अनुशारको नजिता प्रस्तुत गरियो । नगर तथा वडाको सेवाप्रवाह, विकास निर्माणका गतिविधि लगायतका विषयमा नगरका सबै वडामा पुगेर नागरिकको अभिमत लिएर तथ्यांक विश्लेषण गरि प्राप्त परिणाम सार्वजनिक गरिएको कार्यक्रमका सहजकर्ता रेवती निरौलाले जानकारी दिनुभयो । नगरिक प्रतिवेदन भाग १ का लागि वडागतरुपमा अभिमत लिएर नजिता प्रस्तुत गरिएको तथा नागरिक प्रतिवेदन भाग २ र वहिर्गमन अभिमतका लागि नगरपालिका स्तरमा अभिमत लिएर प्राप्त रिपोर्ट प्रस्तुत गरिएको सुकुना मिडिया एण्ड सर्भिस प्रा. लि. का सञ्चालक कृष्णचन्द्र सुवेदीले बताउनुभयो ।  

  वहिर्गमन अभिमतमा जनताले सोधेका प्रश्न तथा कार्यक्रममा सहभागीले सोधेका प्रश्नको जवाफ नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने र नगरपालिकाका विषयगत शाखाका प्रमुखहरुले दिनुभयो । जवाफ दिने क्रममा नगर प्रमुख लावतीले ठूलो भूगोल भएको तथा पहाडी क्षेत्रबाट सबै मानिसहरु एकै ठाउँमा भेला हुन समस्या हुने देखिएकाले आगामी दिनदेखि वडागत रुपमा समेत सार्वजनिक सुनुवाई गर्ने प्रतिवद्धता जनाउनुभयो ।  

वहिर्गमन अभिमतमा सहभागिहरुले नगरपालिकाको राम्रो लागेका पक्ष र सुधार गर्नपर्ने पक्ष बारे जाहेर गरेको अभिमतको विषयमा समेत कार्यक्रममा जानकारी दिइयो । जस  अनुशार बजेट निर्माणमा टोल र वडास्तरबाट छलफल हुनु, बाटो विग्रिएको बेला चाँडै मर्मत हुनु, नगरपालिका र वडाको सेवा प्रवाहमा सुधार हुनु, वडामै मेलमिलाप गराउन थालिनु, नगर अस्पताललाई व्यवस्थित बनाउनुका साथै अधिकांश औषधि पाउनुलाई राम्रो पक्षका रुपमा वहिर्गमन अभिमतमा उल्लेख गरिएको थियो । यसैगरी सुधार गर्नपर्ने विषयमा नगरपालिकामा हेल्पडेस्क स्थापना गर्नुपर्ने, स्थानीय उत्पादनको मूल्यमा एकरुपमता ल्याइ बजार व्यवस्थापन गर्नुपर्ने, कृषि प्राविधिक वडा वडामा राख्नुपर्ने, वडाको बजेट बढाउनु पर्ने र  खेलकुद क्षेत्रको विकासका लागि ठोस काम गर्नुपर्ने जस्ता कुरा उल्लेख गरिएको थियो । 

यस्तै नगरवासीले सिंचाई, कृषि तालिम, सूचना प्रवाह, पर्यटन विकास, बजार अनुमगन, लागुपदार्थ दुव्र्यसन नियन्त्रण, विपद् व्यवस्थापन लगायतका विषमया वहिर्गमन अभिमतमा सोधेका प्रश्नको समेत नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतले जवाफ दिनु भएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ सँस्थाका प्रतिनिधिहरु तथा नगरवासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वर्षाका सर्वसाधारण नगरवासीको उपस्थिति अलि न्यून रहेको थियो । 

प्रतिक्रिया

Insar १५ असार २०८०, शुक्रबार

Yasto jotko sarbajanik sunuwai eklai eklai garxa.. . .

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार