मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

रासायनिक मलको चरम अभावका विरुद्ध वाईसिएलको ज्ञापनपत्र, आन्दोलनको चेतावनी
रासायनिक मलको चरम अभावका विरुद्ध वाईसिएलको ज्ञापनपत्र, आन्दोलनको चेतावनी

Rato Pen 357+ समाचार ( )
११ श्रावण २०८२, आइतबार

बर्दिया, 

देशभर फैलिएको रासायनिक मलको चरम अभाव, वितरण प्रणालीमा रहेको असमानता, र कालोबजारीका विरुद्ध आवाज उठाउँदै योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल), बर्दिया जिल्ला समितिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा वाईसिएलले कृषिमा अत्यावश्यक मल समयमा आपूर्ति हुन नसकेको, किसानले खेत बाँझो राख्नुपर्ने अवस्था सिर्जना भएको, र राष्ट्रको खाद्य सुरक्षामाथि असर परिरहेको गम्भीर चिन्ता व्यक्त गरेको छ। सरकारका पटक–पटकका आश्वासनपछि पनि मल आपूर्ति सहज नहुँदा योजनाबद्ध रूपमा किसानहरूलाई प्रत्यक्ष असर परेको वाईसिएलको आरोप छ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “सरकारले समयमा मल आपूर्ति गर्न नसक्ने, पहुँचको आधारमा असमान वितरण गर्ने, र दलालमार्फत कालाबजारी गर्ने कार्यले लाखौं किसान आक्रान्त छन्।” यस्तो गतिविधिको वाईसिएल नेपालले घोर भत्र्सना गर्दै तत्काल सुधार नगरे आन्दोलनको मार्ग रोजिने स्पष्ट चेतावनी दिएको छ।

त्यस्तै, बर्दियामा बबई नदीको बाढी घटेर नहरमा पानीको मात्रा निकै कम हुँदा सिँचाइको समस्या झनै बढेको भन्दै वैकल्पिक जलस्रोत व्यवस्थापनको माग पनि उठाइएको छ। साथै, वन्यजन्तुबाट अन्नबाली जोगाउन दीर्घकालीन उपाय अपनाउन समेत वाईसिएलले माग गरेको छ।

ज्ञापनपत्र वाईसिएल बर्दिया जिल्ला समितिका अध्यक्ष क. आकाश जि.सी. र इञ्चार्ज क. मञ्जु कुमारी सुनारको नेतृत्वमा बुझाइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार