मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियाका ६ सामुदायिक विद्यालयमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताको संयुक्त अनुगमन
बारबर्दियाका ६ सामुदायिक विद्यालयमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताको संयुक्त अनुगमन

Rato Pen 357+ समाचार ( )
१ पौष २०८२, बुधवार

पाैष २ गते

बारबर्दिया नगरपालिकाका ६ वटा सामुदायिक विद्यालयमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी संयुक्त अनुगमन गरिएको छ। नगरपालिकामा सञ्चालनमा रहेको वास गेन परियोजना अन्तर्गतका १० विद्यालयमध्ये ४ वटा परियोजना सञ्चालन भएका र २ वटा परियोजना बाहिरका विद्यालयमा अनुगमन गरिएको हो।

परियोजना सञ्चालन भएका विद्यालयहरूले प्राप्त गरेको सिकाइलाई आत्मसात् गर्दै विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका सूचकहरूलाई पालना गरिरहेको पाइएको छ। अनुगमनका क्रममा परियोजना सञ्चालन नभएका विद्यालयहरू पनि एक तारा प्राप्त गर्ने नजिक रहेको र केही सुधार गरेमा एक तारा हासिल गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

बारबर्दिया नगरपालिकाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिलाई स्थानीयकरण गरी कार्यान्वयनमा ल्याएको छ। परियोजनामार्फत नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयका शिक्षकहरूलाई तालिम प्रदान गर्नुका साथै खानेपानी, सरसफाइ तथा स्वच्छता मूल्यांकन फारमसमेत उपलब्ध गराइएको छ।

हालसम्म परियोजना सञ्चालन भएका बारबर्दियाका ६ वटा विद्यालयलाई विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतामा ३ तारा घोषणा भइसकेको छ भने थप ४ वटा विद्यालय ३ तारा प्राप्त गर्ने नजिक रहेको अनुगमनमा देखिएको छ। अन्य विद्यालयहरूले पनि ३ तारा प्राप्त गरिसकेका विद्यालयहरूको असल अभ्यासबाट सिकाइ गरिरहेको पाइएको छ। अनुगमनका क्रममा किशोरी क्लब र बाल क्लबका विद्यार्थीहरूसँग खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि उनीहरूले अपनाएका सकारात्मक व्यवहार परिवर्तनबारे छलफलसमेत गरिएको थियो।

अनुगमन कुसमf आधारभूत विद्यालय रानीपुर, जनचेतना आधारभूत विद्यालय नारायणपुर, जनज्योति माध्यमिक विद्यालय बनगाई, बालविद्या आधारभूत विद्यालय सिमह्रवा तथा परियोजना बाहिरका जनता आधारभूत विद्यालय जोधिपुर र विजय प्राथमिक विद्यालय बिजयनगरमा गरिएको हो।

अनुगमनमा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु, शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईं, सम्बन्धित वडा अध्यक्षहरू, महिला तथा बालबालिका शाखा, विपद् व्यवस्थापन शाखा, बेस बर्दियाका अध्यक्ष शालिकराम चौधरीलगायत बेस बर्दियाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा १० वटा सूचकका आधारमा चेकलिस्टमार्फत गरिएको मूल्यांकनलाई सामाजिक विकास समितिले प्रमाणितका लागि नगर कार्यपालिकामा सिफारिस गरेपछि विद्यालयहरूलाई तारा प्रमाणिकरण गरिने जनाइएको छ।

उक्त कार्यक्रम युके एड र वाटर एडको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल प्रजनन स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा बेस बर्दियाद्वारा सञ्चालित वास गेन परियोजना अन्तर्गत बारबर्दियामा सञ्चालनमा रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार