मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती
बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती

Rato Pen 357+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

होमेन्द्र थापा, बर्दिया

एक समय अन्नबालीमा निर्भर रहेका बर्दियाका किसान अहिले व्यावसायिक केरा खेतीतर्फ आकर्षित हुन थालेका छन्। राम्रो उत्पादन, सहज बजारीकरण र आकर्षक आम्दानीका कारण जिल्लामा वर्षेनी केरा खेतीको क्षेत्र विस्तार हुँदै गएको छ। यससँगै बर्दिया केरामा आत्मनिर्भर जिल्लाका रूपमा स्थापित हुँदै गएको छ।

आर्थिक वर्ष २०७८/०७९ देखि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गुलरिया, मधुवन र बाँसगढी नगरपालिकाका १७ वटा वडामा ‘केरा जोन’ कार्यक्रम सञ्चालनमा आएको हो। हाल यस क्षेत्रमा पाँच सहकारी, ३५ कृषक समूह र एक कम्पनी गरी ४१ वटा संस्था केरा खेतीमा आबद्ध छन्।

गुलरियास्थित दिगोपन सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले विगत पाँच वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएको छ। सहकारीका एक सयभन्दा बढी सदस्य यस व्यवसायमा संलग्न छन्।

सहकारीका व्यवस्थापक मुक्तीराम पौडेलका अनुसार जिल्लामा मुख्य रूपमा जी–९ जातको केरा खेती गरिन्छ। एक बिघा जमिनमा केरा खेती गर्न करिब तीन लाखदेखि साढे तीन लाख रुपैयाँसम्म लगानी लाग्ने र वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो।

बर्दियामा उत्पादन भएको केरा नेपालगञ्ज, कोहलपुर, दाङ, सुर्खेत, बुटवलदेखि जनकपुरसम्मका बजारमा पुग्ने गरेको छ। व्यापारीहरू सिधै बगैँचामै पुगेर केरा खरिद गर्ने भएकाले किसानहरूले बजारको समस्या भोग्नुपरेको छैन।

गुलरिया नगरपालिका–४ का युवा कृषक रमेश वलीले पनि गत वर्षदेखि व्यावसायिक केरा खेती सुरु गर्नुभएको हो। पछिल्लो समय भारतबाट केराको आयात घटेकाले स्थानीय उत्पादनले राम्रो मूल्य पाएको उहाँको अनुभव छ।

जिल्लामा केरा खेतीको क्षेत्रफल पनि निरन्तर विस्तार भइरहेको छ। सुरुमा २६९ हेक्टरमा सीमित रहेको केरा जोन आर्थिक वर्ष २०८०/०८१ मा ३४५ हेक्टर, आर्थिक वर्ष २०८१/०८२ मा ३८५ हेक्टर र आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म ४१० हेक्टरमा पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, बर्दियाले जनाएको छ।

कार्यालयले केरा खेतीको क्षेत्र विस्तार, सिँचाइ, यान्त्रिकीकरण तथा बजारीकरणका लागि विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, बर्दियाका सूचना अधिकारी युवराज विकका अनुसार केरा जोन क्षेत्रमा प्रतिहेक्टर औसत उत्पादकत्व ५० दशमलव ७३ मेट्रिक टन रहेको छ।

व्यावसायिक खेती, सहज बजारीकरण र सरकारी सहयोगका कारण बर्दियामा केरा खेती किसानहरूको आम्दानीको भरपर्दो आधार बन्दै गएको छ। यसले जिल्लालाई केरामा आत्मनिर्भर बनाउनुका साथै कृषि उद्यमशीलताको सफल उदाहरणका रूपमा समेत स्थापित गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार