मुख्य समाचार
बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु |

“जनतासँग माओवादी” अभियानमा प्रचण्डको बर्दिया दौडान, विभिन्न स्थानमा कार्यक्रम
“जनतासँग माओवादी” अभियानमा प्रचण्डको बर्दिया दौडान, विभिन्न स्थानमा कार्यक्रम

Rato Pen 331+ समाचार ( )
२० चैत्र २०८१, शुक्रबार

बर्दिया, 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको उच्चस्तरीय पदाधिकारी टोली “जनतासँग माओवादी, तराई मधेस जागरण अभियान” अन्तर्गत बर्दिया पुगेको छ । टोलीले जिल्लाका विभिन्न स्थानमा अन्तरक्रिया, भेटघाट र जनसभा गर्ने कार्यक्रम तय गरेको छ ।

हिजो बेलुकी अध्यक्ष प्रचण्डले द्वन्द्वकालको समयमा माईती गाउँका रूपमा चिनिने बढैयाताल गाउँपालिका स्थित जगतिया गाउँमा बास बस्नु भएको छ । उहाँको उपस्थितिमा आज बिहानदेखि विभिन्न कार्यक्रमहरू सञ्चालन हुने छन् । 

आज बिहान ८ बजे बढैयाताल र बासगढी क्षेत्रका सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । त्यसपछि बिहान १० बजे बढैयाताल–६ मैनापोखरमा आयोजित जनसभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुनेछ ।

बिहान ११ः३० बजे गुलरिया नगरपालिका–१२ बिक्रीगाउँमा निर्मित सहिद कृष्ण चौधरीको शालिक अनावरण तथा सहिद परिवारसँग भेटघाट र जनसम्बोधनको कार्यक्रम तय गरिएको छ । त्यसैगरी दिउसो १२ बजेको समयमा गुलरिया नगर अधिवेशनको उद्घाटन कार्यक्रम पनि उहाँले गर्नुहुनेछ ।

त्यसपछि दिउँसो २ बजे मधुवन नगरपालिका लालीबजारमा जनसभा तथा ३ः३० बजे ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा नागरिक संवाद कार्यक्रम आयोजना हुने नेकपा माओवादी केन्द्र बर्दिया जिल्ला इञ्चार्ज सन्तकुमार थाराले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा लगायतका शीर्ष नेताहरूको सहभागीता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार