मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्दियामा गाँजा नष्ट अभियान सुरु, १५ दिनसम्म सञ्चालन हुने
बर्दियामा गाँजा नष्ट अभियान सुरु, १५ दिनसम्म सञ्चालन हुने

Rato Pen 357+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको गुलरिया नगरपालिकाबाट गाँजा नष्ट गर्ने अभियान सुरु गरिएको छ। बिहीवार गुलरिया नगरपालिका–२, खैरापुर क्षेत्रमा जिल्ला प्रहरी, जिल्ला प्रशासन, सशस्त्र प्रहरी तथा स्थानीयको सहभागितामा गाँजा फडानी गरिएको हो।

लागु औषध नियन्त्रण अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको तीन महिने कार्ययोजनालाई विस्तार गर्दै गाँजा नष्ट अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो।

बर्दिया जिल्लाका खेतबारीमा प्राकृतिक रूपमा गाँजा उम्रने गर्दछ। लागु औषधको सुरुवाती चरण आफै उम्रिएको गाँजाबाट हुने भएकाले युवामाझ चेतना फैलाउन तथा लागु औषधको न्यूनीकरण गर्न गाँजा नष्ट अभियान सञ्चालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालका अनुसार यो अभियान जिल्लाभर १५ दिनसम्म सञ्चालन हुनेछ र जिल्लाका सबै प्रहरी चौकीसम्म पुर्याइने छ।

गुलरिया नगरपालिका–१ का वडा अध्यक्ष जोगीराम थारुले यो अभियानले युवा पुस्तालाई सकारात्मक सन्देश दिने तथा लागु औषध नियन्त्रणमा टेवा पुग्ने हुँदा यस अभियानमा सबै वडाबासीहरुलाई सक्रिय सहभागिता जनाउन अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार