मुख्य समाचार
रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप |

किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न

Rato Pen 348+ समाचार ( )
३१ जेठ २०८३, आइतबार

बारबर्दिया— बारबर्दिया नगरपालिका–७ सिउनियास्थित आधारभूत स्वास्थ्य केन्द्रमा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (ASRHR) परियोजना दोस्रो चरण अन्तर्गत किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

प्लान इन्टरनेशनल नेपाल तथा कोइकाको सहयोगमा सञ्चालन भएको कार्यक्रममा किशोरकिशोरी, अभिभावक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य किशोरकिशोरीलाई लक्षित स्वास्थ्य सेवाको अवस्था, पहुँच, गुणस्तर तथा सुधारका आवश्यक पक्षबारे सरोकारवालाबीच खुला छलफल गरी सेवाप्रदायक निकायलाई थप जवाफदेही बनाउनु रहेको थियो।

सार्वजनिक सुनुवाइमा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु, नगर उपप्रमुख रत्नकुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडा नं. ७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौधरी, स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख उषा पुन तथा सिउनिया आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख सुमित चौधरी जवाफदेही वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँहरूले सहभागीहरूबाट उठाइएका प्रश्न, जिज्ञासा तथा सुझावहरूको जवाफ दिँदै किशोरकिशोरी लक्षित सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा किशोरकिशोरी, महिला स्वास्थ्य स्वयंसेविका, बरघर, शिक्षक, बुवा समूहका प्रतिनिधिहरू लगायत विभिन्न समुदायका सदस्यहरूले प्रश्नकर्ता तथा सहभागीका रूपमा आफ्ना धारणा, अनुभव र सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको पहुँच विस्तार, पोषण सुधार, मानसिक स्वास्थ्य, सुरक्षित मातृत्व, बालविवाह नियन्त्रण तथा विद्यालयस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिका विषयमा चासो व्यक्त गरेका थिए।

कार्यक्रमका क्रममा राधाकृष्ण थारु जनसेवा केन्द्र, गुलरियाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले किशोरकिशोरीको स्वास्थ्य तथा अधिकार सुनिश्चित गर्न स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले किशोरकिशोरीमैत्री वातावरण निर्माण गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमको सहजीकरण पत्रकार ज्योति पन्थीले गर्नुभएको थियो। सहजीकरणका क्रममा सहभागीहरूलाई खुला रूपमा आफ्ना सवाल तथा सुझाव राख्न प्रोत्साहित गरिएको थियो।

सार्वजनिक सुनुवाइको अन्त्यमा सरोकारवाला पक्षहरूले साझा प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरकारबाट हरेक वर्ष किशोरकिशोरी लक्षित बजेट विनियोजन गर्ने, स्वास्थ्य संस्थाबाट किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने तथा बालविवाह र मानव बेचबिखनविरुद्ध योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यसैगरी, किशोरकिशोरीको पोषण अवस्था सुधार गरी रक्तअल्पता न्यूनीकरण गर्न आवश्यक पहल गर्ने, विद्यालयमा अस्वस्थकर खाना नियन्त्रणसम्बन्धी स्थानीय सरकारका नीति तथा कार्यक्रमलाई सहयोग र समर्थन गर्ने तथा सार्वजनिक सुनुवाइका क्रममा उठेका सवालहरूलाई सम्बोधन गर्न आगामी आर्थिक वर्षका बजेट तथा कार्यक्रमहरूमा आवश्यक स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

कार्यक्रमले किशोरकिशोरीको स्वास्थ्य, अधिकार तथा समग्र विकासका सवालमा स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार