मुख्य समाचार
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम |

इटहरीमा राष्ट्रिय युवा संघको प्रशिक्षण तथा अभिमुखिकरण सम्पन्न

Rato Pen 1+ समाचार ( )
१० असार २०८०, आइतबार

सुनसरी । राष्ट्रिय युवा संघ नेपाल इटहरीले युवा प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संघको देशव्यापी अभियान मिशन नेक्स्ट इलेक्सन टार्गेट न्यु जनेरेशन अन्तरगत इटहरी उपमहानगर कमिटीले कार्यक्रम गरेको हो । राष्ट्रिय युवा संघबाट इटहरी उपमहानगरपालिकामा उत्प्रेरकको रुपमा खटिनु भएका सचिवालय सदस्य उपेन्द्र शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  संघका सुनसरी जिल्ला अध्यक्ष सुजन लामा र प्रदेश कमिटी सदस्य अरूण श्रेष्ठ लगायतको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममालाई सम्बोधन गर्दै सचिवालय सदस्य शाहीले  देशमा आमूल परिवर्तन गर्न युवाहरू जाग्न आवश्यक रहेको औंल्याउनु भयो । उहाँले अब युवाहरूले स्थापित पार्टीहरूभित्रै शुद्धीकरणको लागि लड्नुपर्ने र पार्टी बाहिर भने पार्टी विरूद्धका भ्रम चिर्न लागिपर्नु पर्ने बताउनुभयो । उहाँले अहिले स्थापित पार्टीहरूमा रहेका कमी कमजोरी सुधार्न युवाहरू लड्न आवश्यक रहेको बताउनुभयो । संगसंगै उहाँले पार्टी र नेताहरूविरूद्ध अनर्गल प्रचार हुने गरेको भन्दै त्यसका विरूद्ध पनि युवाहरू लाग्नुपर्ने भन्दै निर्देशन दिनुभयो । भविष्य युवाहरूको नै भएको उजागर गर्दै उहाँले आफ्नो योग्यता र क्षमतामा वृद्धि गर्दै युवाहरू हस्तक्षेपकारी भूमिकामा आउन आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रमको अध्यक्षता संघका इटहरी उपमहानगरपालिका अध्यक्ष कमलजंग दाहालले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार