मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बेपत्ता पारिएका व्यक्तिहरूको २३ बर्ष पछि बाध्यात्मक अन्तिम संस्कार
बेपत्ता पारिएका व्यक्तिहरूको २३ बर्ष पछि बाध्यात्मक अन्तिम संस्कार

Rato Pen 357+ समाचार ( )
१८ चैत्र २०८१, बुधवार

होमेन्द्र थापा

बर्दियामा द्वन्द्वकालका समयमा वेपत्ता पारिएका नागरिकहरूका परिवारहरू आफ्ना आफन्तहरूको अवस्था अज्ञात रहेको लामो समय बितिसक्दा बाध्य भएर अन्तिम संस्कार गर्न थाल्नु भएको छ । सामाजिक, सांस्कृतिक, आर्थिक तथा कानुनी अन्योलका कारण पीडित परिवारहरू यस्तो कठोर निर्णय लिन बाध्य हुनु भएको हो । 

बारबर्दिया नगरपालिका वडा नम्बर ७ सोनपुरका टेटराम थारु, हरिराम थारु र जंगु थारुको उहाँहरूको परिवारले अन्तिम संस्कार गर्नु भएको छ । २०५९ साल साउन २४ गते राति नेपाली सेनाको रम्मापुरस्थित व्यारेकबाट आएको टोलीले टेटराम थारुलाई घरबाटै पक्राउ गरी लगेपछि उहाँ बेपत्ता हुनु भएको थियो । परिवारले २३ वर्षसम्म आशा राखे पनि कुनै जानकारी नपाएपछि २०८१ साल चैत्र २० गते टेटरामकी श्रीमती रामदुलारी थारुले आत्म सन्तुष्टिका लागि अन्तिम संस्कार गरिएको बताउनु भयो । 

त्यसैगरी, सोही स्थानका २४ वर्षीय हरिराम थारुको परिवारले पनि २०८१ साल चैत्र १२ गते अन्तिम संस्कार गरेको छ । उहाँलाई पनि सोही व्यारेकबाट सेनाको टोलीले पक्राउ गरेको थियो । सेनाले शौचालयमा थुनेर राखेको बताए पनि पछि उहाँको अवस्था अज्ञात भयो । पीडित परिवारका अनुसार हरिराम थारुको काजकिरिया नगर्दा परिवारका सदस्यहरू बिरामी हुन थालेको कारण बाध्य भएर अन्तिम संस्कार गरिएको हो ।

सोनपुरकै जंगु थारुको परिवारले २०८१ साल चैत्र १५ गते अन्तिम संस्कार गरेको छ । श्रीमान् फर्कने आशामा रहे पनि मृत्युदर्ता नहुँदा परिवारले कानुनी रूपमा धेरै समस्याहरू झेल्नुपरेकोले अन्तिम संस्कार गर्न बाध्य भएको जंगुकी श्रीमती फिरिया थारुले बताउनु भयो । २०५९ साल साउन २६ गते राति जंगु थारु, रामभरोसे थारु, जगतराम थारु र जगना थारुलाई सेनाको ५० जना रहेको समूहले घरबाटै कब्जामा लिएर वेपत्ता बनाएको थियो । 

बर्दिया द्वन्द्वकालका समयमा सबैभन्दा बढी नागरिक बेपत्ता पारिएको जिल्ला हो । विस्तृत शान्ति सम्झौतामा दुई महिनाभित्र बेपत्ताहरूको अवस्था सार्वजनिक गरिने उल्लेख भए पनि १८ वर्ष बितिसक्दा पनि सत्यतथ्य बाहिर आउन सकेको छैन । द्वन्द्वपीडित परिवारका दिनेश चौधरीका अनुसार सरकारले ढिलो निर्णय गर्ने र समाजका परम्परागत मान्यताका कारण पनि अन्तिम संस्कार गर्न बाध्य हुनुपरेको हो ।

दुई वर्षका लागि गठन गरिएको बेपत्ता छानबिन आयोगप्रति पीडित परिवारहरूले ठूलो आशा राख्नु भएको थियो । तर, राजनीतिक असहमतिका कारण अहिलेसम्म सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीका अनुसार बर्दियामा मात्रै करिब ५० बढी परिवारले आफ्ना वेपत्ता आफन्तहरूको अन्तिम संस्कार गरिसकेका छन् । 

बेपत्ता भएका व्यक्तिहरूको सत्यतथ्य अझै पनि सार्वजनिक हुन बाँकी छ । पीडित परिवारहरू आफ्नो दैनिकी चलाउन संघर्षरत हुनुहुन्छ । यो केवल बर्दियाको कथा मात्र होइन, नेपालभरिका नागरिकहरूको साझा पीडा हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार