मुख्य समाचार
बारबर्दियामा न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु | बारबर्दियामा छैठौं मेयर कप फुटबल प्रतियोगिता सुरु | ठाकुरबाबामा युवा संजालको साझा योजना विषयक अन्तरक्रिया सम्पन्न | कतर्निया स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न | बारबर्दिया नगरपालिकालाई स्वास्थ्य सेवा क्षेत्रमा दोस्रो स्थान | ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा | बारबर्दिया १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषित | नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी सम्पन्न | बारबर्दिया–१ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै | बर्दियामा बेपत्ता दिवस : आयोगसँग छलफल, सडकमा र्याली र पालिकाभरि दीप प्रज्वलन |

नमुना युवा नगरसभाको अभ्यास गर्दै सुन्दरहरैंचाका युवाहरु

Rato Pen 1+ समाचार ( )
३० जेठ २०८०, मङ्गलबार

सुन्दरहरैचा । युवा पुस्तालाई संविधान, नियम कानून तथा संसदीय अभ्यास सिकाउने उद्देश्यका साथ मोरङको सुन्दरहरैंचा नगरपालिकामा मंगलबारदेखि नमुना युवा नगरसभा सुरु भएको छ । जिल्ला युवा समिति मोरङ र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त आयोजनामा चार दिने नमुना युवा नगरसभा सुरु भएको छ । स्थानीय त्रिवेणी रिर्सोटमा सुरु भएको कार्यक्रमको कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारले   उद्घाटन गर्नुभयो । सहभागीहरुलाई चार दिनसम्म नगरसभाबाट कानुन निमार्ण, नगरसभाको संसदीय अभ्यास र यसका प्रकृयाहरु, स्थानिय तहमा बजेट निर्माणका प्रकृयाहरु र स्थानिय सरकारमा युवाहरुको अर्थपूर्ण सहभागीताका बारेमा प्रशिक्षण हुने प्रशिक्षक सरोज ढकालले जानकारी दिनुभयो ।   

नमुना युवा नगर सभा जिल्ला युवा समितिको समन्वयमा गत वर्षदेखि सुन्दरहरैंचामा आयोजना गर्न थालिएको कार्यक्रमले युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा देशको नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि प्रेरित गर्ने अपेक्षा लिइएको जिल्ला युवा समिति मोरङका अध्यक्ष सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

उहाँले युवालाई नगरसभाको निर्णय प्रकृयाको ज्ञान दिई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउन पनि नमुना नगर युवा सभा कार्यक्रम गरिएको र यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाको नगरसभा सञ्चालन गरे जस्तै गरि युवाहरुले अभ्यास गर्ने गर्दछन् । जसका लागि स्थानीय तहका वडामा वडा कार्यालय जस्तै गरि वडास्तरीय युवा क्लब गठन गरिएको छ । नमुना नगरसभामा पालिकाका १२ वटा वडाबाट ४५ जना युवा सहभागी छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार