मुख्य समाचार
रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप |

बर्दियामा कुष्ठरोगका बिरामीलाई न्यानो कपडा र सरसफाइ सामग्री वितरण
बर्दियामा कुष्ठरोगका बिरामीलाई न्यानो कपडा र सरसफाइ सामग्री वितरण

Rato Pen 348+ समाचार ( )
११ माघ २०८२, आइतबार

होमेन्द्र थापा, बर्दिया

 माघ ११ गते

७३ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा बर्दियाको गुलरिया नगरपालिकाभित्र रहेका कुष्ठरोगका बिरामीलाई सम्मान स्वरूप न्यानो कपडा तथा सरसफाइ सामग्री वितरण गरिएको छ ।

आइएनएफ नेपाल शाइनिङ अस्पताल बाँकेको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय गुलरिया, बर्दियाको समन्वयमा  गुलरिया नगरपालिकाभित्र रहेका २० जना कुष्ठरोगका बिरामीलाई सम्मान गर्दै न्यानो कपडा र सरसफाइ सामग्री वितरण गरिएको हो ।

विश्व कुष्ठरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा समयमै कुष्ठरोग पहिचान गरी उपचार गरे रोग पूर्ण रूपमा निको हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् । कुष्ठरोगको उपचारका लागि बिरामीले रोगको प्रकृति अनुसार ६ महिनादेखि १२ महिनासम्म औषधि सेवन गर्नुपर्ने र आवश्यक औषधि स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध हुने जानकारी दिइएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका कुष्ठरोग कार्यक्रम शाखाका सम्पर्क व्यक्ति जीवन रजौरेले चालू आर्थिक वर्ष २०८२/०८३ को पुष महिनासम्म जिल्लामा १२ जना नयाँ कुष्ठरोगका बिरामी पहिचान भएको बताउनु भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा भने ४८ जना नयाँ बिरामी पहिचान भएका थिए । हाल जिल्लामा ४९ जना कुष्ठरोगका बिरामीले नियमित रूपमा औषधि सेवन गरिरहेका छन् ।

गुलरिया नगरपालिका वडा नं. १२ भैसाहीका श्यामबहादुर थारुले २०७८ देखि २०८० सालसम्म कुष्ठरोगको औषधि सेवन गरी पूर्ण रूपमा निको भएको अनुभव सुनाउनुभयो । आफू र आफ्नी छोरी दुवैलाई कुष्ठरोग लागेको भए पनि बाँके जिल्लाको नेपालगञ्जस्थित आइएनएफ नेपालद्वारा सञ्चालित शाइनिङ अस्पतालमा दुई वर्ष नियमित उपचारपछि शारीरिक अंगभंग हुनबाट जोगिन सफल भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार