मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियाका १० विद्यालयमा वास कार्यक्रम अन्तर्गत संयुक्त अनुगमन
बारबर्दियाका १० विद्यालयमा वास कार्यक्रम अन्तर्गत संयुक्त अनुगमन

Rato Pen 357+ समाचार ( )
१५ श्रावण २०८२, बिहीबार

बारबर्दिया, 

बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) कार्यक्रम अन्तर्गत १० वटा सामुदायिक विद्यालयमा संयुक्त अनुगमन गरिएको छ। सामाजिक विकास समितिकी संयोजक श्यामकुमारी चौधरीको नेतृत्वमा सम्पन्न अनुगमनमा समितिका सदस्य, विभिन्न शाखा प्रमुख, बेस संस्था, राष्ट्रिय अपाङ्ग महासंघ (NFDN), नेपाल प्रजनन स्वास्थ्य केन्द्र (NFCC), पत्रकार तथा अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।

अनुगमन कार्यक्रम युके एड र वाटर एडको आर्थिक सहयोगमा, राष्ट्रिय अपाङ्ग महासंघ तथा नेपाल प्रजनन स्वास्थ्य केन्द्रको प्राविधिक सहकार्यमा बेस बर्दियाबाट सञ्चालित वासगेन परियोजना अन्तर्गत गरिएको हो।

अनुगमनका क्रममा विद्यालयहरूमा खानेपानी, सरसफाई, शौचालयको अवस्था, बालमैत्री तथा अपाङ्गमैत्री संरचना, महिनावारी स्वच्छता, वातावरणीय स्वच्छता लगायतका विविध पक्षहरूमा चेकलिस्टका आधारमा अवलोकन र मूल्यांकन गरिएको थियो। साथै बाल क्लब तथा किशोरी क्लबका सदस्यहरूसँग अन्तरक्रिया गरी WinS कार्यविधिमा उल्लेखित १० सूचकहरूबारे छलफल गरिएको थियो। पानीको उपचार प्रणाली, स्वच्छता अभ्यास र सुधारका सम्भाव्य पक्षबारे सुझाव र सल्लाह पनि प्रदान गरिएको थियो।

अनुगमनपछि प्राप्त तथ्याङ्कका आधारमा चार वटा विद्यालयलाई ‘तीन तारा’ प्रमाणित गरी घोषणा गरीसिकएकाे छ भने बाँकी छ वटा विद्यालय तारा प्रमाणीकरणको प्रक्रिया अगाडि बढाउने चरणमा छन्।

अनुगमनमा सहभागी सरोकारवालाहरूले विद्यालयमा सरसफाईको निरन्तरता र दिगोपनाका लागि दीर्घकालीन कार्ययोजना बनाउनु आवश्यक रहेको धारणा राख्नु भएकाे छ । बेस बर्दियाका कार्यवाहक अध्यक्ष शालिकराम चौधरीले योजनाबद्ध ढंगले सरसफाईको काम अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देविराम आचार्यले अपाङ्गमैत्री संरचना निर्माणमा अझ बढी ध्यान दिनुपर्ने बताउँदै यस्ता अनुगमन कार्यक्रमहरूलाई निरन्तरता दिनु जरुरी रहेकोमा जोड दिनुभयो। उहाँले सरसफाईको सुधारसँगै चेतनास्तरको विकास पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार