मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ठाकुरबाबामा हात्ती छेकबार पर्खाल निर्माण
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ठाकुरबाबामा हात्ती छेकबार पर्खाल निर्माण

Rato Pen 355+ समाचार ( )
३ श्रावण २०८२, शनिबार

होमेन्द्र थापा, बर्दिया

बर्दियाको ठाकुरबाबा नगरपालिकाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि हात्ती छेकबार पर्खाल निर्माणलाई प्राथमिकता दिएको छ। वन जंगलले चारैतिरबाट घेरेको यस पालिकामा वन्यजन्तु बस्तीमा पसी बालीनाली तथा जनधनमा क्षति पुर्‍याउने क्रम बढेपछि नगरपालिकाले संरचनात्मक उपायस्वरूप पर्खाल निर्माण थालेको हो।

चालु आर्थिक वर्ष २०८१/८२ मा वडा नं. १, ४ र ७ मा गरी कुल २ हजार ३ सय ३१ मिटर आरसिसी पर्खाल निर्माण गरिएको छ। नगरपालिकाका अनुसार हालसम्म विभिन्न स्थानमा गरी झन्डै ११ किलोमिटर पर्खाल निर्माण भइसकेको छ।

नगर प्रमुख तिलकराम लम्सालका अनुसार पर्खाल निर्माणपछि वन्यजन्तु बस्तीमा प्रवेश गर्न नसक्ने अवस्था बनेको छ, जसले द्वन्द्व न्यूनीकरणमा ठोस प्रभाव पारेको छ। “पर्खालका कारण हात्ती लगायतका वन्यजन्तु बस्तीमा आउन सकेका छैनन्, स्थानीयले बालीनालीमा हुने क्षतिबाट राहत पाएका छन्,” प्रमुख लम्सालले बताउनुभयो।

उपप्रमुख विनाकुमारी भट्टराईले करिब ३२ किलोमिटर जंगलले घेरेको पालिकामा अझै ठूलो संरचनात्मक प्रयास आवश्यक रहेको बताउनुभयो। निकुञ्जसँग सिमाना जोडिएका वडाहरू वन्यजन्तुबाट बढी प्रभावित भएकोले ती क्षेत्रमा प्राथमिकता दिँदै पर्खाल विस्तार गरिने उहाँले जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित भइसकेको छ। उक्त बजेटबाट थप ५ किलोमिटर पर्खाल निर्माण गरिने छ। “छेकबार कार्यलाई चरणबद्ध रूपमा अगाडि बढाउने रणनीति बनाइएको छ,” ढकालले भन्नुभयो।

स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले पर्खाल प्रभावकारी भएको भन्दै थप विस्तारको माग गरिरहेका छन्। बस्तीमा हात्ती पसेर पटक–पटक क्षति पुर्‍याएपछि पर्खाल निर्माण थालिएको हो। हाल निर्माण गरिएको क्षेत्रहरूमा वन्यजन्तुबाट हुने क्षति न्यून भएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार