मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

बारबर्दिया–१ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै
बारबर्दिया–१ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै

Rato Pen 355+ समाचार ( )
१६ भाद्र २०८२, मङ्गलबार

बर्दिया,

बारबर्दिया नगरपालिका १ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाले प्रभावकारी परिणाम दिन थालेको छ। किशोरकिशोरीमैत्री भवन निर्माण भएपछि सेवा लिन आउने किशोरकिशोरीको संख्यामा वृद्धि हुदै गएको छ।

बारबर्दिया–१, पहाडीपुर आधारभूत स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री सेवा प्रवाह गर्ने संस्थाको रुपमा विकसित भइरहेको छ। अहिले उक्त संस्थाले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका सम्पूर्ण मापदण्ड पूरा गरेको छ। स्वास्थ्य केन्द्रमा सेवा शुरु भएदेखि २ सय भन्दा बढि र हाल चालु आर्थिक वर्ष २०८२/०८३ मा मात्रै २५ जना किशोरकिशोरीले दर्ता भई विभिन्न स्वास्थ्य सेवा र परामर्श लिएका छन्।

स्वास्थ्य केन्द्रका प्रमुख लालबहादुर चौधरीका अनुसार भवनमा राखिएका किशोरकिशोरीमैत्री पुस्तकालयको उपयोग गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ। किशोरकिशोरीहरूले आफ्ना जिज्ञासा र समस्या स्वास्थ्यकर्मीलाई खुला रुपमा राख्न थालेका छन्। यसका साथै विद्यालय र समुदाय स्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेकोले सेवा लिन आउनेहरुको संख्या बढिरहेको छ।

महिला स्वास्थ्य स्वयम्सेविकाहरुले पनि समुदायमा सक्रियता बढाएका छन्। उनीहरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे छलफल र अन्तरक्रिया गर्दै आएका छन्। बारबर्दिया–१ की महिला स्वास्थ्य स्वयम्सेविका हिरा चौधरीका अनुसार समुदायका किशोरीहरूले आफ्नो समस्या समाधानका लागि आफूहरूसँग सल्लाह गर्ने गरेका छन्। थप जानकारी र सेवा आवश्यक परेमा स्वास्थ्य केन्द्रमा जान सुझाव दिने गरिएको उहाँकाे भनाई रहेकाे छ ।

उहँका अनुसार पहिले समस्या लुकाएर बस्ने किशोरीहरू अहिले सहज रुपमा गोप्य सेवा लिन थालेका छन्। यसले सेवा लिनेको संख्या बढाएको छ। तर अझै पनि समुदाय स्तरमा जानकारी अभिवृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले अन्य बिषयमा छलफल गर्दै आएपनि  किशोरकिशोरीमैत्री बारे समुदायमा सचेतनाको रुपमा काम गरेको भने पहिलो पटक रहेको बताउनु हुन्छ । उहाँले  किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियाेजना मार्फत तालिम प्राप्त गरेपछि मात्र समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको बिषयमा छलफल गर्न थाल्नु भयो। 

सेवा लिने किशोरकिशोरीहरूले पनि सुविधा निकै उपयोगी भएको बताएका छन्। पहिले यस्ता सेवा लिन नगर अस्पताल वा अन्य पालिका र जिल्लामा जानुपर्ने बाध्यता थियो। तर अब स्थानीय स्तरमै उपलब्ध भएपछि समय र खर्च दुवै बचत भएको उनीहरूको अनुभव छ। गोप्य रुपमा सेवा पाउने भएकाले खुलेर समस्या राख्न सहज भएको उनीहरूले बताएका छन्। तालिम प्राप्त स्वास्थ्यकर्मीको सेवा र महिला स्वास्थ्य स्वयम्सेविकाको सल्लाहले ठूलो सहयोग पुगेको सेवाग्राहीहरूको भनाइ छ।

यो पहल कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार परियोजना अन्तर्गत गरिएको हो। परियोजनाले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिई, समुदायस्तरमा विभिन्न गतिविधि सञ्चालन गर्दै यौन तथा प्रजनन अधिकारबारे सचेतना अभिवृद्धि गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार