मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

२३ वर्षपछि अन्तिम संस्कार ः अमर बहादुर बुढाको परिवारको पीडादायक यात्रा
२३ वर्षपछि अन्तिम संस्कार ः अमर बहादुर बुढाको परिवारको पीडादायक यात्रा

SizTex 42+ समाचार ( )
२ वैशाख २०८२, बुधवार

शसस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका बर्दिया जिल्लाका अमर बहादुर बुढाको परिवारले आज २३ वर्षपछि उहाँको अन्तिम संस्कार गरेको छ । ठाकुरबाबा नगरपालिका–८ सुतैयाका बुढाको अन्तिम संस्कार वैशाख ३ गते बुधबार, कुंशको शव बनाएर हिन्दु संस्कार अनुसार प्रतिकात्मक शव बनाई गरेको हो ।

बि.सं. २०५८ फागुन २७ गते बिहान ५ बजे, नेपाली सेनाको बरखदल गुल्मबाट आएको टोलीले उहाँलाई घरमै घेरा हाली गिरफ्तार गरेको थियो । त्यसयता उहाँको अवस्था अहिलेसम्म अज्ञात छ । परिवारले राज्यले सत्यतथ्य पत्ता लगाई फेरि फर्किनु हुन्छ भन्ने आशमा दशकौंसम्म मृत्युसंस्कार नगरेको भए पनि, अन्ततः सामाजिक, आर्थिक र कानुनी समस्याका कारण बाध्य भई आज अन्तिम संस्कार गरिएको छ ।

दैलेख जिल्लाको बाँसीमा २०१८ सालमा जन्मिएका अमर बुढा नेपाली सेना हुँदै गाउँको समाजसेवी बन्नु भएको थियो । २०३६ सालमा सेनामा भर्ना भएका बुढाको जागिर राजनीतिक आरोपका कारण छुटेको थियो । त्यसपछि भारतमा रोजगारी गर्नुपर्ने अवस्था रह्यो । गाउँ फर्केपछि एमालेका सक्रिय कार्यकर्ता बनेका बुढा २०५४ सालको स्थानीय चुनावमा वडा अध्यक्ष समेत निर्वाचित हुनुभएको थियो । 

२०५८ सालको फागुन २६ गते माओवादी नेता अजित शाह, बुढाको घरमा आउनु भएको थियो । भोलिपल्ट बिहान सुरक्षाकर्र्मीे दुबैलाई एकै साथ गिरफ्तार गरी लगेको थियो । त्यसपछि बुढाको कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

परिवारमा श्रीमती जमुना बुढा, एक छोरा र दुई छोरी रहनु भएको छ । श्रीमती जमुना लामो समयसम्म विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुँदै समाजसेवामा संलग्न रहनु भयो । अहिले भने सबै जिम्मेवारी छोडेर एक्लै घरमै बसिराख्नु भएको छ । परिवारको अवस्था निकै कठिन रहेको छ । 

नेपाल सरकारबाट केही राहत प्राप्त भए तापनि, सत्यतथ्य सार्वजनिक नहुनु पीडित परिवारको मुख्य पीडा हो । २०७३ सालमा बेपत्ता छानबिन आयोगमा उजुरी दिए पनि कुनै ठोस प्रगति नभएको परिवारको भनाइ छ ।

यस वर्ष मात्र गत चैत महिनामा चार जना पीडित परिवारले बेपत्ता आफन्तको कुंशको शव बनाएर प्रतिकात्मक अन्त्येष्टि गर्नु भएको छ । यो क्रम अझै जारी छ, जसले द्वन्द्वकालीन पीडाका गहिरा पाटा उजागर गरिरहेको छ ।

अमर बुढाको श्रीमती जमुना भन्नुहुन्छ, “हामीले २३ वर्ष पख्र्यौं, तर अब बाध्य भयौं । हाम्रो माग सत्यतथ्य सार्वजनिक हो, अनि छोरा–छोरीको भविष्य सुरक्षित होस्, न्याय अझै बाँकी छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार