मुख्य समाचार
बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल |

बारबर्दियामा स्थानीय उत्पादनमा आधारित पोषिलो दिवाखाजा तालिम सम्पन्न
बारबर्दियामा स्थानीय उत्पादनमा आधारित पोषिलो दिवाखाजा तालिम सम्पन्न

Rato Pen 352+ समाचार ( )
२७ मंगशिर २०८२, आइतबार

बारबर्दिया नगरपालिकाको आयोजनामा स्थानीय उत्पादनमा आधारित पोषिलो दिवाखाजा तयारी तथा खाद्य सामग्री भण्डारण सम्बन्धी तीन दिने क्षमता विकास तालिम मंसिर २६ गतेदेखि सञ्चालन भई आइतबार सम्पन्न भएको छ। नेपाल राष्ट्रिय आधारभूत विद्यालय तर्कापुरको सभाहलमा सम्पन्न तालिममा नगरभित्रका ३९ वटा विद्यालयका भान्छे तथा सहयोगीहरूको सक्रिय सहभागिता रहेको थियो।

समापन कार्यक्रममा बोल्दै बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले बालबालिका मात्र नभई सम्पूर्ण समुदायको स्वास्थ्यका लागि दिवाखाजालाई पोषणयुक्त बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले बारबर्दियाका बालबालिकालाई स्वस्थ बनाउनु भनेको समग्र समुदायलाई नै स्वस्थ बनाउनु हो भन्दै अबका दिनमा नगरभित्रका सबै विद्यालयका बालबालिकाहरूले स्वस्थकर खाजा खानेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसपछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले विद्यालयस्तरमा सञ्चालन हुँदै आएको दिवाखाजा कार्यक्रमलाई प्रभावकारी, सुरक्षित र स्वच्छ बनाउने उद्देश्यले यस्तो तालिम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले किचन व्यवस्थापन, खानेपानीको गुणस्तर, सरसफाइ तथा खाद्य सुरक्षाका प्रत्येक चरणमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईंले दिवाखाजा कार्यक्रम बालबालिकाको स्वास्थ्य, सिकाइ उपलब्धि र विद्यालयमैत्री वातावरणसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै खाना पकाउने कोठा छुट्टै राख्ने, धुवाँरहित वातावरण सुनिश्चित गर्ने, भाँडा–कुचौरा नियमित रूपमा सफा राख्ने, प्लास्टिक भाँडाको प्रयोग नगर्ने र टिफिन बक्स जाँच गरी मात्र खाना वितरण गर्ने अभ्यास अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनुभयो।

त्यसैगरी पशु सेवा शाखा प्रमुख दीपक थापाले स्थानीयस्तरमा उत्पादन भएका स्वच्छ, ताजा तथा पोषणयुक्त खाद्य सामग्री किसानबाटै विद्यार्थीको टिफिनसम्म पुर्‍याउने लक्ष्यसहित नगरपालिकाका विभिन्न शाखाहरूबीच समन्वय गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

तीन दिनसम्म चलेको तालिममा सरसफाइ, फोहर व्यवस्थापन, भान्साको सफाइ, खानेपानीको गुणस्तर परीक्षण, पोषिलो मेनु तयारी, खाद्य सामग्रीको भण्डारण तथा सुरक्षित वितरणसम्बन्धी व्यवहारिक सीप प्रदान गरिएको थियो। नगरपालिकाले आगामी दिनमा दिवाखाजा कार्यक्रमलाई अझ सुदृढ बनाउँदै स्थानीय उत्पादनमा आधारित मोडलका रूपमा विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार