मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

विराटनगरको विद्यालयस्तरीय बास्केटबल प्रतियोगितामा बिकेभीएम विजेता, एभरेष्ट उपविजेता

Rato Pen 1+ समाचार ( )
३० भाद्र २०८०, शनिबार

विराटनगर । चौथो विद्यालयस्तरीय बास्केटबल प्रतियोगितामा विराटनगरको बिकेभीएम स्कुल विजेता बन्दा एभरेष्ट स्कुल उपविजेता बनेको छ ।  विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बिकेभिएमले विराटनगरको एभरेष्ट स्कुललाई २ अंकको अन्तरमा हराउँदै उपाधि जितेको हो।

यो सँगै बिकेभिएमले लगातार दोस्रो पटक उपाधि जितेको छ । प्रतिस्पर्धात्मक खेलमा बिकेभिएमले ३९ अंक बनाउँदा एभरेष्ट ३७ अंक बनाएको थियो।

व्यक्तिगत २० अंक बनाएका बिकेभिएमका आकाश चौधरीले म्यान अफ द म्याच घोषित हुनुभयो भने लिगकै मस्ट भ्यालुएबल खेलाडी एभरेष्टका शिव साह हुनुभयो । त्यसैगरि, लिगमा उत्कृष्ठ प्रदर्शन गर्ने बिकेभिएमका सन्तोष साह उदयीमान खेलाडी घोषित हुनुभयो ।

तेस्रो स्थानका लागि भएको खेलमा पोखरीया स्कुललाई ३८–२२ अंकले पराजित गर्दै सगरमाथा स्कुल विजयी भयो। सगरमाथाका उत्सव कार्की म्यान अफ द म्याच घोषित हुनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भीम पराजुली, कोशी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष गुरुङलगायतले खेलाडीहरुलाई शुभकामना दिँदै पुरस्कार प्रदान गर्नुभयो ।

भाद्र १५ गतेदेखि विराटनगरमा होम एण्ड अवे अन्तर्गत लिग खेल भएको थियो। प्रतियोगितामा विराटनगरका एभरेष्ट, बिकेभिएम, सगरमाथा, पोखरिया, अरनिको, सेन्ट जोसेफ, डिपिएस र डनबस्को स्कुलले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार