मुख्य समाचार
बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न |

बारबर्दिया नपा पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
बारबर्दिया नपा पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

Rato Pen 299+ समाचार ( )
१६ असार २०८१, शनिबार

बारबर्दिया, असार १४ गते

बारबर्दिया नगरपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिका भित्र रहेके १६ देखि २३ महिना उमेर समुहका बालबालिकाहरुमा पुर्णखोप लगाईएको सुनिश्चित भएपछि बारबर्दिया नगरपालिकालाई पुर्णखोप घोषणा गरिएको हो । 

जिल्ला समन्वय समिति बर्दियाका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष सुर्यबहादुर बिष्टले बारबर्दिया पुर्णखोप घोषणा भएको एक समारोहमा घोषणा गर्नु भएको छ । खोप कार्यक्रम प्रभाबकारी र विश्वसनीय भएकोले अहिले एक सन्तानले पनि सन्तानको रहर पुरा भएको महशुस गरीराख्नु भएको बताउनु भएको छ । बिगतका बर्षमा खोप कार्यक्रम नरहेको बेलामा धेरै सन्तान जन्माउने प्रचालन जस्तै रहेको थियो । बिभिन्न कारणले बालबालिकाको मृत्यु हुने गरेकोले कुनै एक सन्तान त बाँच्ला भनेर धेरै सन्तान जन्माउने गरेको पाईन्थ्यो तर अहिले खोपको सुविधा भएपछि खोप प्रतिको विश्वास समुदायमा बढदै गएको बताउनु भएको छ । जसरी अहिले  पुर्णखोपको अवस्था रहेको छ यसलाई  निरन्तर कायम राखीराख्न पर्ने अवश्यकता रहेको बताउनु भएको छ । 

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले खोप कार्यक्रमलाई निरन्तरता दिनका लागि पालिका भित्रका सम्पुर्ण संयन्त्र तयारी राख्ने बताउनु भएको छ । खोप कार्यक्रमलाई प्रभाबकारी बनाउनका लागि वडा समिति, स्वास्थ्यकर्मी, आवश्यक जनशक्ति परिचालन, महिला स्वास्थ्य स्वमसेविकाहरुको महत्पुर्ण भूमिका रहेको बताउनु भएको छ । साथै बारबर्दियाको पुर्णखोप सुनिश्चितता घोषणा गर्नका सहयोग पुर्याउने सम्पुर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । 

बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले गरिब तथा विपन्न परिवारका बालबालिकाहरु रोजगारीका लागि पालिका बाहिर जाने वा बेलाबेलामा आृउने गरेकोले खोप छुट्न सक्ने जोखिम न्युनिकरण गर्ने योजनाका साथ अगाडी बढ्नु पर्ने बताउनु भएको छ । खोपको दिगोपनाका लागि बालबालिकाहरुका अभिभावकहरुलाई सचेता सम्बन्धी अभियान संचालन गर्नु पर्ने बताउनु भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले दिगोरुपमा खोप सुनिश्चितता कायम राख्नका लागि खोपका सम्पुर्ण जनशक्तिको निरन्तरताको आवश्यकता रहेको बताउनु भएको छ । प्रत्येक बर्ष १५ महिना भित्रमा लगाई सक्नु पर्ने खोप लगाएकी लगाएनन् भनेर वडा स्तरबाट नै सुनिश्चित भएको पाईएपछि पालिकाले जिल्ला समन्वयलाई बुझाएपछि पुर्णखोप घोषणा गर्नु कार्यक्रम रहेको बताउनु भएको छ । यसरी नै बर्दियाका ८ वटै पालिकाले घोषणा गरेपछि जिल्लालाई घोषणा गर्ने कार्यक्रम रहेको बताउनु भएको छ । पुर्णखोप सुनिश्चित गर्नका लागि संघीयता आएपछि सहज भएको बताउनु भएको छ । वडा स्तरकबाट जनप्रतिनिधिले नै सहयोग गरेका कारणले सहज भएको बताउनु भएको छ । 

कार्यक्रममा बारबर्दिया नगरपवालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले बारबर्दियामा पुर्णखोप घोषणाका लागि गरिएको सर्वेक्षण प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । सर्वेक्षणका बेलामा पुर्णखोप नपाएकाहरुलाई खोप कार्यक्रममा समाबेशगरी खोप लगाईएको र पुर्ण खोप कार्ड नभएको अवस्थामा उपलब्ध गराएको बताउनु भएको छ । खोप छुटेकाहरुलाई खोप कार्यक्रममा समाबेश गरी खोज र खोपको अभियान संचालन गरेको बताउनु भएको छ । खोप अभियान कार्यक्रम देशको प्रमुख प्राथमिकतामा रहेकोले यसको दिगोपनाका लागि स्वास्थ्य संस्था तथा शाखाले  जिम्मेवार भएर निरन्तरता दिने बताउनु भएको छ । 

बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा पुर्णखोप घोषणाका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएका स्वास्थ्यकर्मी र वडा खोप सान्वय समितिलाई दोसल्ला सहित सम्मान गरीएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वमसेविकाहरुको सहभागिता रहेको थिया्े । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार