मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

विद्यार्थी भर्ना अभियान अन्तर्गत जनसेवा मा.वि., बैदीमा घरदैलो कार्यक्रम सम्पन्न
विद्यार्थी भर्ना अभियान अन्तर्गत जनसेवा मा.वि., बैदीमा घरदैलो कार्यक्रम सम्पन्न

SizTex 42+ समाचार ( )
२३ वैशाख २०८२, बुधवार

बर्दिया, – ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित सुरु गरिएको विद्यार्थी भर्ना अभियान अन्तर्गत बारबर्दिया नगरपालिका वडा नं. १० मा अवस्थित जनसेवा माध्यमिक विद्यालय, बैदीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिका कार्यालय, जयनगरबाट वैशाख २१ गतेदेखि ३१ गतेसम्मका लागि जारी गरिएको विद्यार्थी भर्ना अभियानको सूचना अनुसार, विद्यालय उमेर समुहका कुनै पनि बालबालिका विद्यालय बाहिर नपरोस् भन्ने उद्देश्यले घरदैलो कार्यक्रम सञ्चालन गरिएको हो।

उक्त घरदैलो कार्यक्रम प्लान इन्टरनेशनल नेपालभेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) द्वारा सञ्चालित बाल विवाह न्यूनिकरण परियोजनाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा जनसेवा मा.वि.का प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, परियोजनाका फिल्ड कर्मचारी तथा COC सहभागीहरुको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत विद्यालय क्षेत्रभित्र पर्ने घर तथा टोलहरुमा पुगेर अभिभावकहरूसँग प्रत्यक्ष भेटघाट गरिनुका साथै बालबालिकाको विद्यालय भर्नाबारे जानकारी तथा उत्प्रेरणा प्रदान गरिएको थियो।

बाल विवाह न्यूनिकरण परियोजनाका फिल्ड सुपरभाइजर भरत चौधरीका अनुसार, यस्तो खालको अभिमुखीकरण र जागरुकता कार्यक्रमले बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्नुका साथै समुदायमा शिक्षाको महत्वबारे सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार