मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

एचपीभी खोप अभियान २०८१ माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने
एचपीभी खोप अभियान २०८१ माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने

Rato Pen 332+ समाचार ( )
१२ माघ २०८१, शनिबार

बारबर्दिया 

बारबर्दिया नगरपालिकामा यही माघ २२ देखि फागुन ६ गतेसम्म एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन गरिने भएको छ। पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप प्रदान गर्नको लागि सञ्चालन गर्न लागिएको यो अभियानको जानकारी स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले दिनुभएको हो।

पौडेलका अनुसार खोप पूर्ण रूपमा सुरक्षित रहेको र यो निःशुल्क रूपमा प्रदान गरिनेछ। अभियानलाई प्रभावकारी बनाउन माघ ११ गते नगरकार्यपालिकाको हलमा नगर खोप समन्वय समितिका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, र सरोकारवालाहरूबीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

यस अभियानले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालयमा नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई लक्षित गरेको छ। स्वास्थ्य संस्थाले विद्यालयसँग समन्वय गरी खोप केन्द्र सञ्चालन गर्नेछ। विद्यालय नजाने किशोरीहरूलाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन उत्प्रेरित गरिने पौडेलले बताउनुभयो।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस हो। पटक–पटकको संक्रमणले यो रोग उत्पन्न हुन सक्ने भएकाले खोपको महत्त्व झनै बढेको छ। खोप लगाएपछि सामान्य रूपमा सुई लगाएको ठाउँ दुख्ने, हल्का ज्वरो आउने वा थकान महसुस हुने जस्ता समस्या देखिन सक्छन्, तर यस्ता समस्या केही समयमै ठीक हुने बताइएको छ।

स्वास्थ्य शाखा प्रमुख पौडेलले एचपीभी खोप अभियानलाई सफल बनाउन सबै सरोकारवालाहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले खोप अभियानमार्फत पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने र यो खोपले जीवन रक्षा गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार