मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

कृषि तथा पशुपंछी कार्यक्रम तर्जुमा गर्न सरोकारवालासँग छलफल
कृषि तथा पशुपंछी कार्यक्रम तर्जुमा गर्न सरोकारवालासँग छलफल

Rato Pen 357+ समाचार ( )
१८ वैशाख २०८२, शुक्रबार

— होमेन्द्र थापा

बर्दिया — एकीकृत कृषि तथा पशुपंछी विकास कार्यालय, गुलरिया बर्दियाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कार्यक्रम तर्जुमा गर्न सरोकारवाला निकायहरूसँग छलफल गरेको छ।

शुक्रवार आयोजित योजना तर्जुमा गोष्ठीमा जिल्लाका आठवटै स्थानीय तहका कृषक समूह प्रमुख तथा प्रतिनिधिहरू, कृषि तथा पशु सेवा शाखाका अधिकृतहरू, सहकारी संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो। उनीहरूले विभिन्न सुझाव र मागहरू राखेका थिए।

कृषकहरूले तरकारी, माछा, खसी तथा दूध उत्पादनमा वृद्धि भइरहे पनि बजारीकरणमा समस्या रहेको उल्लेख गर्दै ढुवानी तथा बजार पहुँच सुधारको माग गरेका थिए।

केन्द्रीय दुग्ध संघका सदस्य इन्द्रप्रसाद लुइटेलले उत्पादन बढ्दो क्रममा रहे पनि बजारसम्म पु¥याउने व्यवस्था कमजोर हुँदा कृषकहरू निराश भएको बताए। उनले एक–दुई वर्षका अन्य कार्यक्रमहरूलाई स्थगन गरी बजारीकरण व्यवस्थापनमा प्राथमिकता साथ लगानी गर्नुपर्ने धारणा राखे।

अन्य सहभागीहरूले घाँस उत्पादन कार्यक्रम सञ्चालन, वायोग्याससहितको गोठ सुधार, चिस्यान केन्द्रको स्थापना, पशुको निःशुल्क बीमा, तथा समस्यामा आधारित लगानीजस्ता कार्यक्रमको माग गरेका थिए।

कार्यालयका प्रमुख सागर ढकालले आगामी वर्षका प्राथमिकताहरूबारे जानकारी दिँदै कृषि क्षेत्रका लागि सिचाइ, माटो व्यवस्थापन, कृषि तालिम, कृषक–प्राविधिक भेटघाट, व्यवसायिक उत्पादन क्षेत्रको विकास, मौरी प्रवर्द्धन, महिला लक्षित उन्नत बीउ/किट वितरण तथा लक्षित समुदायको आयआर्जन कार्यक्रम समेटिएको जानकारी दिए।

पशुपंछी कार्यक्रमतर्फ भने मुक्त कमैया तथा कम्लरी लक्षित आयआर्जन कार्यक्रम, सूचना सामग्री प्रकाशन, दुग्ध चिस्यान केन्द्र स्थापना लगायतका कार्यक्रम समावेश गरिएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार