मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

कञ्चनरूप पडेमाराका अग्निपीडितलाई नगद राहत वितरण

SizTex 39+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

कञ्चनरूप। कञ्चनरूप पडेमाराका अग्निपीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले बुधबार १६ परिवारलाई नगद राहत वितरण गरेको छ ।
जिल्लाको कञ्चनरूप नगरपालिका वाड नं।पडेमाराका सरदार बस्तीका अग्निपीडितलाई नगद राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । आगलागी पीडित परिवार सदस्य सङ्ख्या पाँचभन्दा कम भएका परिवारलाई प्रति परिवार १५ हजार र सोभन्दा माथि सदस्य सङ्ख्या भएको परिवारलाई प्रति परिवार २० हजारका दरले नगद प्रदान गरेको प्रजिअ थापाले जानकारी दिए।
कञ्चनरूप नगरपालिका उपप्रमुख मुनाकुमारी पोखरेल, विभिन्न वडाका वडाध्यक्षहरू र जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा वितरण गरिएको नगद राहत पाएपछि अग्निपीडित निकै हर्षित देखिएका थिए ।
गत आइतबार दिउँसो ३ बजे लालमोहन सरदारको गोठमा बालेको चुलोको आगोबाट सल्केर आगलागी हुँदा १२ जनाको २४ घर टहरा जलेर नष्ट भएको थियो । आगलागीमा एक बाख्रा र एक पाठो जलेर मृत्यु हुँदा करिब २४ लाख २५ हजार बराबरको धनसम्पत्ति जलेर नष्ट भएको प्रहरीले अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार