मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बेसार खेति तर्फ किसानहरुको आकर्षण बढदै
बेसार खेति तर्फ किसानहरुको आकर्षण बढदै

Rato Pen 357+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

होमेन्द्र थापा (बर्दिया)

बर्दिया जिल्लाका किसानहरु ब्यबसायिक बेसार खेति तर्फ आकर्षित हुन थालेका छन् । जंगली जनावरहरु अन्यबाली भन्दा कम नोक्सान हुने भएकोले र बजार माग बढदै गएकोले किसानहरु बेसार खेति तर्फ अकर्षित हुन थालेका हुन् । 

बर्दिया राष्ट्रिय निकुञ्जको मध्ववर्ती क्षेत्र तथा सामुदायिक बन नजिक भएका बस्तीका किसानहरुले यसको खेतीतर्फ आकर्षित भएका छन् । सामुदायिक वनको परिधिमा तथा वन्यजन्तुले क्षति पु¥याउने क्षेत्रहरूमा किसानहरूले बेसार खेती गर्न थालेका एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताउनु भएको छ । प्रमुख ढकालका अनुसार बर्दियामा हाल १ सय ४ विगाहा क्षेत्रफलमा व्यावसायिक रूपमा बेसार खेती गरिएको छ ।   

बर्दियामा उत्पादित बेसारको खरिद बिक्री तथा प्रशोधन सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारीले गर्दै आएको छ । सहकारीले उत्पादन गरेको बेसार २०८० सालको अन्तराष्ट्रिय प्रदर्शनीमा उत्कृष्ट गुणस्तरका आधारमा प्रथम स्थान प्राप्त गर्न सफल भएको उक्त संस्थाकी अध्यक्ष इन्दिरा सुबिदेले बताउनु भयो । अध्यक्ष सुवेदीले जैविक (अर्गानिक) बेसारको माग लगातार बढिरहेको बताउनु भएको छ । 

मधुवन नगरपालिका वडा नम्बर १ कैलासीका व्यवसायिक किसान नयाँराम सुनारले पाँच वर्षदेखि बेसार खेती गर्दै आउनु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र सामुदायिक वनहरूको प्रभाव क्षेत्र भएकाले अन्य अन्नबाली जंगली जनावरले नष्ट गर्ने समस्या रहेको हुँदा तुलनात्मक रूपमा बेसार खेती फाइदाजनक रहेको उहाँको भनाई छ । 

बेसार एक बहुपयोगी जडीबुटी हो । तरकारीमा मसलाको रूपमा प्रयोग हुने शुद्ध बेसार औषधिजन्य गुणले भरिपूर्णको बिज्ञहरुको भनाई छ । सिंचाइको अभाव रहेको तथा जंगली जनावरको जोखिम भएका क्षेत्रमा पनि बेसार खेतीलाई उपयुक्त मानिन्छ । बेसार खेतिबाट किसानहरूलाई आर्थिक रूपमा आयआर्जन गरी जिविकोपार्जन गर्न समेत सहज हुन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार