मुख्य समाचार
सिकलसेल र बिटा थालासेमिया नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक : मधुवनमा पालिका स्तरीय अभिमुखीकरण | समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीबारे अभिमुखीकरण | गुलरिया नगरप्रमुख यादवद्वारा नगरबासीसँग क्षमायाचना | बारबर्दिया नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९९ करोड १५ लाखको बजेट ल्यायो | उत्कृष्ट राष्ट्रसेवक कर्मचारीका रूपमा प्रमुख प्रशासकीय अधिकृत भण्डारी सम्मानित | बारबर्दियाको १९औँ नगरसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत | मानव बेचबिखन तथा लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | विद्यालय असल संस्कार र नेतृत्व विकासको केन्द्र हो : मन्त्री तिमिल्सिना | | बारबर्दियामा परिवार केन्द्रित सामुदायिक स्वास्थ्य कार्यक्रम लागू |

सिकलसेल र बिटा थालासेमिया नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक : मधुवनमा पालिका स्तरीय अभिमुखीकरण
सिकलसेल र बिटा थालासेमिया नियन्त्रणका लागि समुदायस्तरमै सचेतना आवश्यक : मधुवनमा पालिका स्तरीय अभिमुखीकरण

Rato Pen 317+ समाचार ( )
१३ असार २०८३, शनिबार

मधुवन, बर्दिया, असार १२। मधुवन नगरपालिकाको सभा हलमा सिकलसेल रोग तथा बिटा थालासेमियासम्बन्धी पालिका स्तरीय सरोकारवालाहरूका लागि सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सिकलसेल रोग र बिटा थालासेमियाको परिचय, कारण, लक्षण, रोकथाम तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। यी दुवै रोग वंशाणुगत (जेनेटिक) रगतसम्बन्धी रोग भएकाले समयमै परीक्षण, परामर्श तथा उचित उपचारबाट स्वस्थ जीवनयापन सम्भव हुने जानकारी दिइयो।

सिकलसेल रोगमा रातो रक्तकोषहरू हँसियाको आकारका हुने, ती सजिलै टुट्ने तथा रक्तनलीहरूमा अड्किने भएकाले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने तथा बिटा थालासेमियामा शरीरले पर्याप्त मात्रामा हेमोग्लोबिन उत्पादन गर्न नसक्दा गम्भीर रक्तअल्पता हुने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। बारम्बार दुखाइ हुने, संक्रमण दोहोरिरहने, रक्तअल्पता लगायतका लक्षणबारे जानकारी दिँदै विवाहपूर्व रक्त परीक्षण, जेनेटिक परामर्श तथा नियमित स्वास्थ्य परीक्षणलाई रोग रोकथामका प्रभावकारी उपायका रूपमा जोड दिइएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, नगर प्रवक्ता मेकबहादुर गुरुङ, विभिन्न वडाका अध्यक्षहरू, स्वास्थ्यकर्मी तथा विषयगत शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा सिकलसेल र बिटा थालासेमिया नियन्त्रणका लागि समुदायस्तरमै व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्ने, समुदायमै सिकलसेल परीक्षणको पहुँच विस्तार गर्नुपर्ने तथा विवाहपूर्व सिकलसेल परीक्षण (कुन्डली मिलान) गरी सुरक्षित वैवाहिक सम्बन्धका बारेमा जनचेतना फैलाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

यसैगरी, रोगको जोखिम न्यूनीकरणका लागि अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्ने तथा विशेषगरी थारु समुदायमा सिकलसेलको समस्या बढी देखिएकाले सो समुदायलाई प्राथमिकतामा राखेर लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझावसमेत छलफलमा आएको थियो।

स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेले मधुवन नगरपालिकामा हाल सिकलसेल परीक्षण गर्ने मेसिन उपलब्ध नभएकाले आवश्यक परे छिमेकी स्थानीय तहहरूसँग समन्वय गरेर परीक्षण सेवा उपलब्ध गराउन सकिने बताउनुभयो। उहाँले समुदायस्तरमै परीक्षण र सचेतना विस्तार गर्न सके रोगको जोखिम न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सिकलसेल र बिटा थालासेमिया सामान्य सम्पर्क वा सँगै बस्दा नसर्ने रोग भएको स्पष्ट पार्दै समयमै परीक्षण, परामर्श र उपचारमा जोड दिन तथा विवाहपूर्व रक्त परीक्षण गराई स्वस्थ भविष्य सुनिश्चित गर्न सबैमा आग्रह गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार