मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बबई सिँचाइ पूर्वक्षेत्रमा पानीको बाँडफाँडलाई लिएर विवाद
बबई सिँचाइ पूर्वक्षेत्रमा पानीको बाँडफाँडलाई लिएर विवाद

Rato Pen 357+ समाचार ( )
१० श्रावण २०८२, शनिबार

बर्दिया

बर्दियाको बबई सिँचाइ आयोजनाको पूर्वक्षेत्र अन्तर्गत पर्ने नहरमा पानीको बाँडफाँडसम्बन्धी निर्णयलाई लिएर स्थानीय किसानहरू आन्दोलित भएका छन्। बबई सिँचाइ जल उपभोक्ता संस्था (पूर्वक्षेत्र) को श्रावण ८ गते बसेको बैठकले ग्याङ्ग नदीको पारि बाँसगढी क्षेत्रका लागि श्रावण ९ गते बिहान ८ बजेदेखि चार दिनसम्म एकतर्फी पानी प्रवाह गर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो।

उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै बारबर्दिया नगरपालिका वडा नं. ५, ६ र ७ का हजारौँ किसानहरूले राजकुलो शाखाको नहर ढोका खोलेर पानी चलाएका छन्। उनीहरूका अनुसार नहर सञ्चालन भएको इतिहासमा पहिलोपटक यस्तो एकपक्षीय निर्णय भएको हो।

"धान रोपाइपछिको खेतमा पानी हाल्न पाएका छैनौं। खेत चिरा परेको छ, जरा धमिराले खाइसकेका छन्," बारबर्दिया–७ सिउनियाँका किसान प्रभु थारुले बताए। "हामीले पनि गाउँ–गाउँमा बाँडफाँडको व्यवस्था मिलाएका छौँ, यस्तो निर्णयले समस्या मात्र बढाउँछ," उनले जोड दिए।

किसान अमृता सापकोटाले पनि राजकुलोबाट परम्परादेखि नै सिँचाइ हुँदै आएको बताउँदै भनिन्, "भूस्खलनको अवस्थामा आकाशे पानी नपरेको बेला नहरको पनि पानी रोकिनु किसानको हित विपरीत हो।"

बारबर्दिया ५ र ७ का वडा अध्यक्ष लालबहादुर चौधरी र इन्द्रप्रसाद थारुले पनि किसानको वास्तविक अवस्था नबुझीकन गरिएको निर्णय उचित नभएको बताए। "चार दिनको लागि मात्र पानी प्रवाह गर्ने निर्णयले सबै खेतमा सिँचाइ पुग्दैन, त्यसको स्थायी समाधान एउटै लयमा पानी बाँडफाँड गर्नु हो," उनीहरूको भनाइ छ।

तर, बबई सिँचाइ जल उपभोक्ता संस्था (पूर्वक्षेत्र) S/1 शाखाका अध्यक्ष रामगुलाम चौधरीले भने बाँसगढी क्षेत्रमा अत्यधिक सुक्खा परेकोले त्यहाँ पानी पुर्याउनुपर्ने बाध्यता भएकाले निर्णय गरिएको बताए। "यो निर्णय म एक्लैले होइन, बहुमतको आधारमा गरिएको हो," उनले भने, "पानीको अभावले गर्दा यस्तो कदम चाल्नुपरेको हो।"

संस्थाका सचिव चक्रबहादुर चौधरीका अनुसार हाल बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका कतिपय क्षेत्रमा अझै रोपाइँ बाँकी रहेकाले उनीहरूलाई प्राथमिकता दिइएको हो। "सुख्खाको समाधानका लागि अस्थायी रूपमा यस्तो निर्णय गर्नुपरेको हो, वर्षा परेपछि निर्णय परिवर्तन हुन सक्छ," उनले स्पष्ट पारे।

हाल बबई सिँचाइ जल उपभोक्ता संस्था (पूर्वक्षेत्र) मा १६ वटा शाखा छन्। तीमध्ये ग्याङ्ग नदीको वारी बारबर्दिया क्षेत्रतर्फ ९ वटा शाखा छन्। चार दिनका लागि पानी रोकिएकोमा राजकुलो शाखाका किसानहरूले मात्रै ढोका खोल्दै विरोध जनाएका हुन्।

आन्दोलित किसानहरूको उपस्थितिमा श्रावण १७ गते सबै सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको बारबर्दिया–७ का वडा अध्यक्ष इन्द्रप्रसाद थारुले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार