मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

दल वा शुभेच्छुक संगठनमा नरहने केराबारीका शिक्षकहरुको घोषणा

Rato Pen 1+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

केराबारी । मोरङको केराबारी गाउँपालिकास्थित आमजुंगी आधारभुत विद्यालयका सम्पूर्ण शिक्षकहरुले कुनै पनि दल वा शुभेच्छुक संघ संस्थामा नरहने सामुहिक घोषणा गरेका छन् । विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले संयुक्त प्रेस विज्ञप्ती प्रकाशीत गरि कुनैपनि दलको भ्रातृ संगठन तथा शुभचिन्तक संघ संस्थामा नरहने घोषणा गरेका हुन् ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघसँगको आह्वानमा देशभरका शिक्षकहरु आन्दोलित बनेपनि महासंघले व्यक्तिगत स्वार्थमा लिप्त भइ गद्दारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।    

उनीहरुले नेपाल शिक्षक महासंघसँगको आबद्धता समेत तोड्दै सामूहिक राजीनामा दिएका छन् । विज्ञप्तीमा सकारात्मक भूमिका निर्वाह गर्ने सवालमा गम्भीर नबनेको र सकारको गुलाम भई निहित व्यक्तिगत स्वार्थमा लिप्त भएर गद्दारी गरेको जनाउँदै उनीहरुले अब उप्रान्त कुनै पनि दलीय संघसंस्थामा आबद्ध नहुने घोषणा गरेका छन् ।

विज्ञप्तीमा विद्यालयका प्रधानाध्यापक रेवती प्रसाद आचार्यसहित ८ जना शिक्षक र २ जना कर्मचारीले हस्ताक्षर गरेका छन् । नेपाल शिक्षक महासंघसँगको अगुवाइमा देशभरका शिक्षकहरु राजधानीमा आन्दोलन गरिरहेको अवस्थामा महासंघ र सरकारबीच वार्ता भइ सहमति भएपछि महासंघले आन्दोलन फिर्ता लिएपनि राहत लगायतका शिक्षकहरु भने असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार