मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्दियामा हावाहुरी र वर्षाले गहुँ र मकैमा क्षति, कृषक चिन्तित
बर्दियामा हावाहुरी र वर्षाले गहुँ र मकैमा क्षति, कृषक चिन्तित

Rato Pen 357+ समाचार ( )
२७ चैत्र २०८१, शुक्रबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया जिल्लामा बुधवार राति आएको हावाहुरी र बेमौसमी वर्षाका कारण पाक्दै गरेका गहुँ र मकै बालीमा ठूलो क्षति पुगेको छ। यसले स्थानीय कृषकहरुलाई गहिरो चिन्तामा पारेको छ।

बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकाका किसानहरूले गहुँ र मकैको बालीमा व्यापक नोक्सानी भएको गुनासो गरेका छन्। बारबर्दिया नगरपालिका निवासी किसान सितारानी थारुले १ विघा मकै र १ विघा गहुँ खेती गर्नुभएको थियो। गहुँ बाली मसिनबाट काट्ने तयारीमा रहँदा हावाहुरी र वर्षाले बाली ढलेपछि अब हातैले काट्नुपर्ने बाध्यता आएको उहाँको भनाइ छ। यसले समय र खर्च दुवै बढाउने चिन्ता उहाँले व्यक्त गर्नुभयो।

त्यस्तै, गुलरिया नगरपालिका वडा नं. ४ का किसान बलु चौधरीले काटेर मुट्ठा पारिएको गहुँ खेतमै दाउन राखिएको अवस्थामा वर्षाले भिजाएको जानकारी दिनुभयो। अब ती गहुँ खोलेर दुई–चार दिन घाममा सुकाएर मात्र थन्काउनु पर्ने झन्झट थपिएको उहाँको भनाइ छ।

हावाहुरी र वर्षाका कारण बाली मात्र नभई कतै रुख ढलेका छन् भने कतै घर तथा टहरामा समेत क्षति पुगेको स्थानीयहरूले बताएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विवरण संकलनको काम जारी छ।

मौसम अझै पूर्ण रूपमा खुलेको छैन। आगामी दिनमा पुनः हावाहुरी र वर्षा हुन सक्ने सम्भावनाले किसानहरू थप चिन्तित भएका छन्।

बेमौसमी मौसमी परिवर्तनले कृषि क्षेत्रमा गम्भीर असर पारिरहेको अहिलेको अवस्थाबाट स्पष्ट देखिन्छ। किसानहरूले राज्य र सम्बन्धित निकायसँग तत्काल क्षतिको मूल्यांकन गरी राहत तथा सहयोगको माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार