मुख्य समाचार
विश्व मत्स्य दिवसमा १० हजार माछाका भुरा छाडियो | २० वर्षको शान्ति सम्झौता, पीडितको न्यायको प्रतीक्षा अझै उस्तै | बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली सुदृढीकरणका लागि बारबर्दियामा क्षमता अभिवृद्धि कार्यक्रम | सरकासरकारी समर्थन मूल्य कागजमै सीमित, सस्तोमा धान बेच्न बाध्य किसान | सहमती सामुदायिक वनको २०औँ साधारणसभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनियामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा भवन निर्माण, स्वास्थ्य संस्थालाई हस्तान्तरण | बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान |

मधुवन–८ बाल विवाहमुक्त घोषणा, अन्य वडाहरू पनि तयारीमा
मधुवन–८ बाल विवाहमुक्त घोषणा, अन्य वडाहरू पनि तयारीमा

Rato Pen 374+ समाचार ( )
१९ वैशाख २०८२, शनिबार

बर्दिया,

बर्दियाको मधुवन नगरपालिका–८ लाई आज एक औपचारिक कार्यक्रमका बीच बाल विवाहमुक्त वडा को रूपमा घोषणा गरिएको छ। यो सँगै मधुवन नगरपालिकाका ९ वटामध्ये वडा नम्बर ८ दोस्रो बाल विवाहमुक्त वडाका रूपमा चिनिएको छ।

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले घोषणाको उद्घाटन गर्दै बाल विवाह तथा अन्य सामाजिक कुरीतिहरू अन्त्य गर्न सामूहिक सोच र सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले समाजमा व्याप्त समस्याहरूको समाधान केवल सरकार, संस्था वा राजनीतिक दलको नभई सम्पूर्ण सरोकारवालाको साझा जिम्मेवारी भएको स्पष्ट पार्नुभयो।

“सबैले आ–आफ्नो स्थानबाट सक्रियता देखाएमा बाल विवाह अन्त्य गरी पालिकादेखि जिल्ला स्तरसम्म नै बाल विवाहमुक्त क्षेत्र घोषणा सम्भव छ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो।

कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले वडा नम्बर ८ लाई बाल विवाहमुक्त घोषणा गरिएको जानकारी दिँदै पालिकाका सबै वडाहरूले पनि यो अभियानमा सक्रिय सहभागिता जनाइरहेको बताउनुभयो।

उनका अनुसार, “मधुवनमा बाल विवाहको दर १५ प्रतिशतभन्दा कम भएमा मात्र बाल विवाहमुक्त घोषणा गर्न सकिने नीति बनाइएको छ। अब हामी यो प्रतिशत क्रमशः घटाउँदै शून्यमा पुर्याउने लक्ष्यतर्फ अघि बढिरहेका छौँ।”

वडाध्यक्ष तथा नगरप्रवक्ता मेकबहादुर गुरुङले वडा नम्बर ८ को घोषणामा सहयोग गर्ने सम्पूर्ण संघसंस्था र निकायप्रति आभार व्यक्त गर्नुभयो।

घोषणा कार्यक्रममा विविध सांस्कृतिक झाँकी प्रस्तुत गरिनुका साथै बाल विवाहमुक्त अभियानमा योगदान पुर्‍याउने संघसंस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।

यसअघि मधुवन नगरपालिकाको वडा नम्बर ४ बाल विवाहमुक्त घोषित भइसकेको छ भने यही बैशाख महिनामा वडा नम्बर ६ लाई पनि बाल विवाहमुक्त घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ। बाँकी वडाहरूले पनि सोही अभियानमा जुटिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार