मुख्य समाचार
समयमै पहिचान र सही उपचारमा जोड: बारबर्दियामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन | बारबर्दियामा एआई एक्स–रे विधिबाट क्षयरोग खोजपड्ताल शिविर सञ्चालन हुने | नेपाल राष्ट्रिय नमुना मावि ढोढरीले न्यून शुल्कमा प्राविधिक शिक्षा दिने तयारी | ठाकुरबाबा आधारभूत नगर अस्पतालको नव निर्मित भवनबाट सेवा शुभारम्भ | विद्यालय सुशासन र सिकाइ सुधारका लागि दुईदिने क्षमता विकास कार्यशाला सम्पन्न | किशोरकिशोरीलाई दौतरी शिक्षक बनाउने लक्ष्यसहित पाँचदिने तालिम सम्पन्न | बाल अधिकार समिति सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम | बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण | बर्दियामा युवा लक्षित उद्घोषण तालिम | महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण |

स्व. कालीराम थारुको योगदानको कदर गर्दै शालिक अनावरण
स्व. कालीराम थारुको योगदानको कदर गर्दै शालिक अनावरण

Rato Pen 287+ समाचार ( )
१३ श्रावण २०८२, मङ्गलबार

 बर्दिया 

सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका समाजसेवी स्वर्गीय कालीराम थारुको स्मृतिमा बारबर्दिया नगरपालिका–५ स्थित मगरागाडी चोकमा निर्माण गरिएको शालिकको आज समारोहबीच अनावरण गरिएको छ।

बारबर्दिया नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले थारु जस्ता समर्पित व्यक्तित्वको सम्मान गर्नु नगरपालिकाको सांस्कृतिक परम्परा र पहिचानको निरन्तरतासँग जोडिएको बताउनु भयो। उहाँले स्वर्गीय थारुले विकास निर्माण, राजनीतिक चेतना, सामाजिक र थारु समुदायको सांस्कृतिक संरक्षणमा पुर्याएको योगदानले आज पनि स्थानीय समाजलाई प्रेरणा दिइरहेको उल्लेख गर्नुभयो। नगरप्रमुख थारुले नगरपालिका भित्र सामाजिक र सांस्कृतिक योगदान दिने व्यक्तिहरूप्रति कदर व्यक्त गर्न यस्ता सम्मान कार्यक्रमको आयोजना हुँदै आएको जानकारी समेत दिनुभयो।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईले शालिक निर्माणको लागि १४ लाख ३८ हजार २ सयको लागतमा निर्माण भएको बताउनु भएको छ । उक्त शालिक ठेक्का मार्फत भएको र ढुवानी देखि जडानको काम सोही रकमबाट नै भएको बताउनु भएको छ । शालिकको तौल १ सय ९७ किलो रहेको र १ सय ८० किलोमा मात्र सम्भौता भएकोले साेही अनुसारको भुक्तानी भएको बताउनु भयाे । साथै शालिक राख्ने स्तम्भ र वरिपरिको बाटो पिचका लागि ई टेन्डरबाट १५ लाख बजेटमा १४ लाख ६१ हजारमा सम्भाैता भएको बताउनु भएको छ । बाटो पिचको केही काम बाँकी रहेकोले म्याद थप भएको र काम सम्मन्न भएपछि पुर्ण रुपमा भुक्तानी हुने जानकारी गराउनु भएको छ । 

वि.सं. १९८४ साल चैत २८ गते जन्मनुभएका थारुको वि.सं. २०६१ साल चैत ४ गते निधन भएको हो। उहाँको जीवन राजनीतिक सक्रियता र सामाजिक सेवामा बितेको थियो। कुलापानी चौधरीमार्फत २०१२ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका थारुले ३ पटक सम्म साविक मगरागाडी गाउँपञ्चायतको प्रधानपञ्च पदमा निर्वाचित भई जनताको सेवा गर्नुभएको थियो। २०३७ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा बर्दिया जिल्लाबाट उम्मेदवार बन्नु भएको थियो, जहाँ उहाँको चुनाव चिन्ह ‘छाता’ थियो।

उहाँले आफ्नो जीवनकालमा विभिन्न भौतिक पूर्वाधार निर्माणमा अग्रसरता लिनु भएको थियो। मन्दिर, विद्यालय, पुल, बाटो, बाँध, सिँचाइ कुला, खानेपानी, कुलापानी व्यवस्थापन जस्ता कार्यमा सक्रिय सहभागिता जनाउनु भएको थियो। पश्चिम नेपालकै धराेहर सदाशिव मन्दिरकाे निमार्ण उहाँकै लगानीमा निमार्ण गरीएकाे छ ।  त्यसैगरी, गाउँ–समाजमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिन उहाँले परम्परागत भेषभूषा, नाचगान, बाजागाजा जस्ता थुप्रै सांस्कृतिक सामग्री संरक्षण गर्नुका साथै आफ्नै लगानीमा रीतिरिवाजको अभ्यासलाई जगेर्ना गर्नुभएको थियो।

राजाले प्रदान गर्ने ‘तक्मा’ र ‘कदरपत्र’ समेत प्राप्त गरिसकेका थारुले जनमत संग्रहमा बहुदलीय व्यवस्था पक्षमा सक्रिय रहनुभएको थियो। दशैँ लगायतका चाडपर्वमा उहाँको घरमा जमरा, टिका लगाउने परम्परागत भेला हुने गर्दथ्यो, जसमा गाउँ–समाजका मानिसहरू नाचगानसहित सहभागी हुन्थे।

स्व. थारुको स्मृतिमा आगामी वर्ष २०८३ मा विशेष स्मारिका प्रकाशन गर्ने तयारीसमेत गरिएको छ। उहाँका जीवन र कृतित्वलाई भावी पुस्तामा प्रेरणाका रूपमा हस्तान्तरण गर्ने उद्देश्यसहित मोहनलाल थारुको अगुवाइमा स्मारिका प्रकाशनको तयारी थालिएको जानकारी दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार