मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

वाईसीएल नेपाल बर्दियाको तेस्रो अधिवेशन सम्पन्न, शक्तिबहादुर बस्नेतद्वारा संगठनलाई पुनः सक्रिय बनाउन आह्वान
वाईसीएल नेपाल बर्दियाको तेस्रो अधिवेशन सम्पन्न, शक्तिबहादुर बस्नेतद्वारा संगठनलाई पुनः सक्रिय बनाउन आह्वान

Rato Pen 368+ समाचार ( )
२४ वैशाख २०८२, बिहीबार

बर्दिया — नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले योङ कम्युनिष्ट लिग (वाई.सी.एल) नेपाललाई पुनः सक्रिय गराउनु पर्ने आवश्यकता औंल्याउनु भएकाे छ । वाईसीएल नेपाल बर्दियाको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्न बर्दिया पुगेका बस्नेतले जनयुद्ध कालमा वाईसीएलले संघीय गणतन्त्र स्थापनामा खेलेको भूमिका स्मरण गर्दै, अहिलेको अवस्थामा पनि परिवर्तनका लागि वाईसीएलको भूमिका महत्वपूर्ण हुने बताउनु भयाे ।

उहाँले युवालाई भ्रष्टाचार, कुशासन, कमिशन प्रथा र माफियावाद विरुद्ध बुलन्द र सशक्त रुपमा उठ्न आह्वान गर्दै भन्नु भयाे, "युवा भनेकै वाईसीएल हो। अबको लडाइँ व्यवस्था परिवर्तनको मात्र नभई, सुशासन र पारदर्शिताका लागि पनि हो।"

https://youtu.be/L8CLEttACfY?si=hZI33Fa8GYuUGnq3

उद्घाटन कार्यक्रममा बोल्ने अन्य नेताहरूले पनि वाईसीएल पार्टीको सशक्त मोर्चा भएको बताउँदै संगठनले पार्टीलाई बलियो बनाउने दिशामा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएकाे छ ।

अधिवेशनबाट नयाँ जिल्ला कार्य समिति समेत गठन गरिएको छ। ५१ सदस्यीय नयाँ समिति चयन गरिएको छ, जसको अध्यक्षमा आकाश जिसी निर्वाचित हुनु भएकाे छ । उपाध्यक्षहरूमा दर्शन चौधरी, विष्णु योगी र ममता सुनार चयन हुनु भएकाे छ। सचिवमा रामलखन चौधरी, सह–सचिवमा रमा चौलागाई, भरत उपाध्याय र  ओम प्रकाश चौधरी रहनु भएकाे छ । कोषाध्यक्षको जिम्मेवारी गोविन्द थारुलाई दिइएको छ।

नवगठित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। कार्यक्रम ठाकुरद्वारामा भएकाे  थियाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार