मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

लेटाङमा यसरी मनाइयो संविधान दिवस

Rato Pen 1+ समाचार ( )
३ अशोज २०८०, बुधवार

लेटाङ । लेटाङ नगरपालिकाका विभिन्न ठाउँमा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको स्मरण गर्दै लेटाङमा पनि आठौं संविधान दिवस मनाइएको हो ।

संविधान दिवसको अवसरमा लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेस्थित मदन चौकमा नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन गर्दैै संविधान दिवस मनाइएको हो । नेकपा एमाले ९ नम्बर वडा कमिटी, अनेरास्ववियु लेटाङ नगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटीको संयुक्त आयोजनामा भएको दीप प्रज्ज्वलन कार्यक्रममा नेकपा एमालेका नेता, कार्यकर्ता तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य डिल्ली विश्वकर्मा र लेटाङ नगर उपप्रमुख तथा जिल्ला कमिटी सदस्य कृष्णकुमारी निरौलाले नेपालको संविधानले सबैका हक अधिकारलाई सुरक्षित गरेकाले संविधानको अक्षरस पालन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले ९ नम्बर वडा कमिटी अध्यक्ष बद्री प्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा लेटाङ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडासदस्य खेमराज ढकाल, वडासदस्य कमला राई, किसान महासंघ नेपाल प्रदेश कमिटी सदस्य तथा मोरङ इञ्चार्ज इमनाथ पोखरेल, अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष रुपेस खड्का, अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा लेटाङ क्याम्पसका स्ववियु सभापति छबि श्रेष्ठ, अनेरास्ववियु लेटाङ क्याम्पस कमिटी अध्यक्ष अनिस पोखरेल, राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य राजन पौडेल, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य निसा निरौला, राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटी अध्यक्ष विकास लिम्बू लगायतको उपस्थिति रहेको थियो । 

अनेरास्ववियु लेटाङ नगर सहसचिव प्रज्ज्वल ढकालले संविधान दिवसको अवसरमा संविधानले दिएको स्पष्ट अधिकार जनताले प्रत्यक्ष रुपमा अनुभुति गर्न पाउन र सबै नेपालीले संविधानको पालाना गरून् भन्ने सन्देशका साथ संविधान दिवस मनाइएको जानकारी दिनुभयो । 

यसैगरि लेटाङ नगरपालिका वडा नम्बर ८ स्थित सक्रिय युवा क्लबले पनि दीप प्रज्ज्वलन गरि संविधान दिवश मनाएको छ । क्लबको आयोजनामा क्लबका पदाधिकारी सदस्य तथा स्थानीयको समेत उपस्थितिमा संविधान दिवश मनाईएको हो । 

नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन गरि संविधानको महत्व र विशेषता बारे जानकारी दिंदै संविधान दिवश मनाईएको संस्थाका सदस्य पुजेश अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार