मुख्य समाचार
मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा |

मधुवनमा विदेशबाट फर्केका युवाका लागि पुनःएकीकरण तथा रोजगार प्रवर्दन कार्यक्रम सम्पन्न
मधुवनमा विदेशबाट फर्केका युवाका लागि पुनःएकीकरण तथा रोजगार प्रवर्दन कार्यक्रम सम्पन्न

Rato Pen 353+ समाचार ( )
७ मंगशिर २०८२, सोमबार

मधुवन— विदेशबाट फर्किएका युवालाई पुनः एकीकृत गर्दै स्वरोजगार तथा व्यावसायिक क्षमतामा उन्मुख गराउने उद्देश्यसहित मधुवन नगरपालिकामा रोजगार संवाद मञ्च सम्पन्न भएको छ। विदेशफर्का युवालाई उद्यमशीलतामा प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तेजबहादुर भाटले मधुवन नगरपालिका माग–आधारित रोजगार तथा सीप विकास कार्यक्रम सञ्चालन गर्न तत्पर रहेको उल्लेख गर्नुभयो। विदेशबाट फर्केर व्यवसाय सुरु गर्न चाहने युवासँग नगरपालिकाले सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो।

नगरउपप्रमुख अनिता चौधरीले विदेशबाट फर्किएका युवाले आफ्ना योजनाहरू स्पष्ट प्रस्तुत गरेमा स्थानीय सरकारले सोही अनुसारका कार्यक्रम बनाएर अघि बढ्न सकिने बताउनुभयो। सामूहिक तथा साझा योजनामा स्थानीय तहबाट सहयोग प्राप्त गर्न सहज हुने उल्लेख गर्दै उहाँले निरन्तर सम्पर्क र समन्वयमा रहन आग्रह गर्नुभयो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत पार्वती पण्डितले विदेशफर्का युवाका आवश्यकता सम्बोधन हुने किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको र थप प्रभावकारी कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी बिषयगत शाखा प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रका व्यवसायमा रुचि राख्ने युवालाई शाखासँग प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरेका थिए। पशु सेवा शाखाका प्रमुख गणेशबहादुर बोहरा, कृषि शाखा प्रमुख एकराज वली, महिला तथा बालबालिका शाखा प्रमुख इन्दिरा चुनारा, लघु उद्यम विकास शाखाकी जानकी नेपालीलगायतले उपलब्ध सेवा, सुविधा र सहायताबारे जानकारी गराए।

कार्यक्रमको उद्देश्य तथा पृष्ठभूमि संचारकर्मी सितल थापाले प्रस्तुत गर्नुभएको थियो। रोजगार सेवा केन्द्रका प्रमुख अशिष परियारले स्वागत मन्तव्य दिंदै कार्यक्रमको रूपरेखा बारे जानकारी कगराउनुभएको थियो।

सहभागी युवाहरूले विदेशबाट फर्केकाहरुलाई स्थानीय सरकारले सीप, दक्षता र क्षमताका आधारमा सहयोग र सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार