मुख्य समाचार
बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न |

वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियामा विवाद
वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति

SizTex 42+ समाचार ( )
१ जेठ २०८३, शुक्रबार

बर्दिया, — बारबर्दिया मा वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि विवाद उत्पन्न भएको छ। बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारु ले सामाजिक सञ्जालमार्फत संरचना हटाउने कार्यप्रति असन्तुष्टि जनाउनुभएको हो।

नगरप्रमुख थारुले फेसबुकमा लेख्दै जनताको आवश्यकता र मागका आधारमा घाट क्षेत्रमा टहरा निर्माण गरिएको उल्लेख गर्नुभएको छ। उहाँले वर्षायाम र अत्यधिक गर्मीका समयमा सर्वसाधारणलाई सहजता होस् भन्ने उद्देश्यले जब्दी घाट, कतर्निया घाट, बम्बई माथिल्लो घाट र लठुवाघाटमा वन तथा निकुञ्जसँग समन्वय गरी टहरा निर्माण गरिएको दाबी गर्नुभएको छ। स्थानीय सरकारले निर्माण गरेका संरचना भत्काउने कार्य रोक्न उहाँले आग्रह समेत गर्नुभएको छ।

 बारबर्दिया नगरपालिका वडा नं. ३ को लठुवाघाटस्थित मदन सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको “मिसन पार्क” संरचना डिभिजन वन कार्यालयले हटाएको बताइएको छ। उक्त संरचना एक वर्षअघि करिब २२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दाबी गरिएको छ।

यता डिभिजन वन कार्यालय बर्दिया ले भने नगरपालिकाले अटेर गरेर वन क्षेत्रमा संरचना निर्माण गरेको र उक्त संरचना जोखिमयुक्त रहेको भन्दै हटाइएको जनाएको छ। वन क्षेत्र अतिक्रमण तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर संरचना हटाई वन क्षेत्र सुरक्षित गरिएको कार्यालयको भनाइ छ।

नगरप्रमुख थारुले आफ्नो अभिव्यक्तिमा जनताको आवाज सुन्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय तहका योजनाहरू जनभावना र आवश्यकताका आधारमा निर्माण गरिनुपर्ने बताउनुभएको छ।

यस विषयलाई लिएर स्थानीय तह र वन कार्यालयबीच मतभेद देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार