मुख्य समाचार
बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न |

मेयर कप फुटबल : लेटाङ-८ लाई २-० ले पराजित गर्दै लेटाङ-३ सेमीफाइनलमा

Rato Pen 1+ समाचार ( )
१६ असार २०८०, शनिबार

मोरङ । लेटाङमा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तरगत शनिबारको खेलमा विजयी हुँदै वडा नम्बर ३ सेमीफाइनलमा प्रवेश गरेको छ । लेटाङ ३ कमलपुरस्थित घरेलु मैदानमा भएको क्वाटरफाइनल खेलमा वडा नम्बर ८ लाई ० का विरुद्ध २ गोलले पराजित गर्दै लेटाङ ३ ले सेमीफाइनलमा स्थान पक्का गरेको हो । वडा नं ३ को जितमा खेलको पहिलो हाफमा सागर विक र आशिष माझीले समान १\१ गोल गरे । वडा नम्बर ३ ले खेलको दोश्रो हाफमा वडा नम्बर ८ माथि निकै दवाव कायम गरेपनि गोल भने गर्न सकेन । वडा नम्बर ८ का गोलकिपरले आकर्षक प्रदर्शन गर्दै आधादर्जन बढी प्रहार रोकेका थिए । खेलको म्यान अफ दी म्याच भने वडा नं ३ का रोहित राई घोषित भए ।

प्रतियोगिता अन्तरगत चौथो क्वाटरफाइनलमा आइतबार वडा नं ५ र वडा नं ४ भिड्नेछन् । वडा नम्बर ५ ले वडा नम्बर १ लाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो भने वडा नम्बर ४ ले सिधै क्वाटरफाइनलमा खेल्ने अवसर पाएको हो ।

नगरका ९ वटै वडा सहभागि प्रतियोगिताको फाइनल खेल असार २२ गते हुनेछ । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई समेटेर नगर स्तरीय फुटबल टीम तयार गर्ने योजना रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव कृष्णराज राईले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार