मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

द्वन्द्वपीडित महिला तथा बालीकाको आवश्यकता पहिचान गर्न ठाकुरबाबा नगरपालिका सक्रिय
द्वन्द्वपीडित महिला तथा बालीकाको आवश्यकता पहिचान गर्न ठाकुरबाबा नगरपालिका सक्रिय

Rato Pen 357+ समाचार ( )
आचारसंहिता र आवश्यकता पहिचान फारममा छलफल गर्दै नगर प्रमूख तिलकराम लम्साल, उपप्रमूख बिना कुमारी भट्टराई
३० वैशाख २०८१, आइतबार

सैनावर, बर्दिया, सशस्त्र द्वन्द्वको क्रममा पीडित तथा प्रभावित महिला तथा बालीकाको आवश्यकता पहिचान गर्न आचारसंहिता र आवश्यकता पहिचान फारममा वैशाख २८ गते छलफल सम्पन्न भएको छ । नेपाल सरकारले महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न ल्याएको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न ठाकुरबाबा नगरपालिकाले आचारसंहिता र पहिचान फारममा छलफल गरेको हो ।

राष्ट्रिय कार्ययोजना कार्यान्वन गर्न पालिकाले राष्ट्रिय कार्यायोजना स्थानीय र समिति र पीडित तथा प्रभावित महिला तथा बालीकाको समष्टिगत आवश्यकता पहिचान उप समिति गठन गरी प्रक्रियागत रुपमा सक्रिय भएको छ । संघ सरकारले ल्याएको राष्ट्रिय कार्ययोजनालाई स्थानीय तहले जिम्मेवारी अनुसार कार्यान्वयन गर्ने भुमिकालाई मध्यनजर गरी समिति बनाएर अघि बढेको नगरपालिकाका उपमेयर तथा समष्टिगत आवश्यकता पहिचान उपसमितिको संयोजक समेत रहेकी बिना भट्राईले बताउनु भयो ।

ठाकुरबाबा नगरपालिकाले राष्ट्रिय कार्ययोजना कार्यान्वन गर्न कार्यपालिका, नौ वटै वटाका वडा सचिव सहित सम्बन्धीत शाखा प्रमुख र सबै जनप्रतिनिधीलाई अभिमुखिकरण पनि गरिसकेको छ । समष्टिगत आवश्यकता पहिचान उपसमितिको सदस्यहरुलाई पीडितको आवश्यकता पहिचान गर्न ज्ञान सीप दिन तालिम पनि दिई सकेको छ । पीडित तथा प्रभावित महिला तथा बालीकाको आवश्यकता पहिचान गर्ने कार्य जेठ महिनाको पहिलो हप्ताबाट शुरु गर्ने गरी तयारीलाई अघि बढाएको पनि उपसमितिकी संयोजक भट्राईले बताउनु भयो ।

पीडित तथा प्रभावित महिला तथा बालीकाको आवश्यकता पहिचान गरी ब्यवस्थित रुपमा अभिलेख गरी प्राथमिकताको आधारमा क्रमश हरेक वर्ष योजना बनाएर पहिचान भएका आवश्यकतालाई सम्बोधन गर्ने निति बनाएर पालिकाले काम गर्ने ठाकुरबाबा नगरपालिका नगर प्रमुख तथा कार्ययोजना कार्यान्वयन स्थानीयका संयोजक तिलकराम लम्सालले बताउनु भयो । पीडित तथा प्रभावितको पहिचान भएका आवश्यकतालाई सम्बोधन गर्न संघीय तथा प्रदेश सरकारसंग समन्वय गर्ने साथै गैरसरकारी संस्थाहरुसंग सहकार्य गर्ने पनि नगर प्रमुख तथा कार्ययोजना कार्यान्वयन स्थानीयका संयोजक लम्सालले बताउनु भयो ।

सशस्त्र द्वन्द्वको क्रममा पीडित तथा प्रभावित महिला तथा बालीकाको आवश्यकता पहिचान गर्न आचारसंहिता र आवश्यकता पहिचान फारमलाई अन्तिम रुप दिन द स्टोरी किचेनकी अध्यक्ष जया लुइटेलले सहजिकरण गर्नु भएको थियो । यूरोपियन युनियनको आर्थिक सहयोगमा द स्टोरी किचेन र सिभिसि बर्दियाले साहास ३.० परियोजना मार्फत सहजीकरण र प्राविधिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Bhagiram ३० वैशाख २०८१, आइतबार

Thanks for initiation respective Mayor and Deputy Mayor

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार