मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियामा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर: सात वडामा सञ्चालन हुने
बारबर्दियामा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर: सात वडामा सञ्चालन हुने

Rato Pen 357+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

बर्दिया 

बर्दियाकाे  बारबर्दिया नगरपालिकाले प्रजनन् स्वास्थ्य र नसर्ने रोगको पहिचान तथा व्यवस्थापनका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। अब्स्टेट्रिक फिस्टुला, आँङ खस्ने समस्या, यौन रोग, स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न भिजुअल इन्स्पेक्सन विधि (VIA) द्वारा ३० वर्ष माथिका महिलाहरूको जाँच गरिँदै छ।

शिविर २३ फागुनदेखि चैत ४ गतेसम्म नगरपालिकाका विभिन्न सात वडामा सञ्चालन हुनेछ। आज वडा नं. ५ बाट सुरु भएको शिविर २४ गते वडा १, २५ गते वडा २, २६ गते वडा ११, २७ गते वडा ९, ३ चैतमा वडा ८ र ४ चैतमा वडा ७ मा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले जानकारी दिनु भएकाे छ । जाँचपछि रोगको शंका भएकालाई नगर अस्पतालमा स्त्रीरोग विशेषज्ञसँग परामर्श गराउने व्यवस्था गरिएको छ भने आवश्यक औषधि पनि निःशुल्क प्रदान गरिनेछ।

यसैबीच, फागुन महिनाभर नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान अन्तर्गत विभिन्न परीक्षणहरू भइरहेको छ। अहिलेसम्म ६ हजार ९सय ६५ जना व्यक्तिको स्वास्थ्य परीक्षण भइसकेको छ । पालिका भरी  ११ हजार जनालाई जाँच गर्ने लक्ष्य राखिएको छ। मधुमेह, मिर्गौला सम्बन्धी रोग, रक्तचाप तथा बीएमआई मापन जस्ता परीक्षणहरू नगरपालिकाका १ देखि ११ वडासम्मका स्वास्थ्य संस्थामार्फत भइरहेको छ।

स्वास्थ्य शाखाले समुदायमा जानकारी फैलाउन आग्रह गर्दै नागरिकलाई शिविरमा सहभागी हुन अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार