मुख्य समाचार
बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न |

लेटाङमा वृक्षारोपण र दीप्रज्ज्वलन गरि मनाइयो जननेताको जन्मजयन्ती

Rato Pen 1+ समाचार ( )
१५ असार २०८०, शुक्रबार

मोरङ । नेकपा एमाले लेटाङ नगर कमिटीले विभिन्न कार्यक्रम गरि जननेता मदनकुमार भण्डारीको ७२ औँ जन्मजयन्ती मनाएको छ ।  लेटाङ नगर कमिटीको आयोजनामा वृक्षारोपण गर्नुका साथै मदन भण्डारीको शालिकमा माल्यार्पणसहित दीप प्रज्ज्वलन गरेर जननेता भण्डारीको जन्मजयन्ती मनाइएको हो । लेटाङ ५ स्थित वसन्त सामुदायीक वन उपभोक्ता समूहसँगको सहकार्यमा सो वन क्षेत्रमा १८ सय वढी विभिन्न प्रजातिका विरुवा रोप्दै जननेता भण्डारीको स्मरण गरिएको छ ।

अमला ४ सय, हर्रो १ सय, बर्रो २ सय, अमिलो ५०, चिउरी ७५, काजु ५, अम्बक ५०, रिठ्ठा २ सय, तेजपत्ता ५ सय, मलेसियन सखुवा ५०, लप्सी १ सय, नौनी ५० र अनारका ५० थान विरुवा रोपिएको नगर कमिटी सचिव जीतबहादुर लामाले जानकारी दिनुभयो । यसरी रोपिएका विरुवाहरुको संरक्षणका लागि सामुदायिक वनले नै औषधी, गोडमेल र हेरचाह गर्ने वनका अध्यक्ष निलम राईले जानकारी दिनुभयो ।

यसैगरि जननेता मदन भण्डारीको सम्झनामा नेकपा एमाले लेटाङ नगर कमिटीले लेटाङ ९ जाँतेस्थित मदनचौकमा रहेको मदन भण्डारीको शालिकमा माल्र्यापण गरि दीपप्रज्ज्वलन गरेको छ । नेकपा एमाले नगर कमिटी अध्यक्ष कृष्ण लुइँटेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य युवराज वास्कोटाको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा लेटाङ नगर उपप्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्णकुमारी निरौला, सचिवालय सदस्य डिल्ली विक लगायत नगर कमिटी र वडा कमिटी तथा भातृ संगठनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा सम्बोधन गर्दै केन्द्रीय सदस्य युवराज वास्कोटाले नेपाली राजनीतिमा जननेता मदनकुमार भण्डारी र उहाँको बहुआयमिक उपस्थितिबारे जानकारी दिनुभयो । उहाँले   छिन्नभिन्न अवस्थामा रहेको नेपाली कम्युनिष्ट आन्दोलनलाई बिचार निर्माण र कार्यक्रम निरुपणमार्फत मदन भण्डारीले एक ठाउँमा उभ्याउनु भएको उल्लेख गर्नुभयो । सम्बोधनका क्रममा केन्द्रीय सदस्य बास्कोटाले मदन भण्डारीको राजनीतिक–बैचारिक दिशानिर्देशमा हुर्किएको कम्युनिष्ट आन्दोलनलाई तहसनहस बनाउन केही समययता ठूलो चक्रव्युह प्रयोग हुने गरेको भन्दै त्यसलाई चिरेर अघि बढ्न सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।   

प्रतिक्रिया

युवराज बास्काेटा १५ असार २०८०, शुक्रबार

http://newsnepal.com/archives/160611

सेरबहादुर मगर १५ असार २०८०, शुक्रबार

अति राम्रो काम बृक्षरोपण त्यस्मा पनि बढी औषधि जन्य बिरुवा लगाउनु भएकोमा हजरहरुलाई बधाई छ ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार