मुख्य समाचार
बर्दिया जिल्ला अस्पतालले ९७ अंक हासिल गर्यो । | बेसार खेति तर्फ किसानहरुको आकर्षण बढदै | एचपीभी खोप अभियान २०८१ माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने | ठाकुरबाबामा युवा तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न | युवाहरुको सवाल योजना तर्जुमा प्रक्रियामा समावेश गराउन अन्तरक्रिया | दलित महिलाको पहुँच अभिवृद्धिमा संचारकर्मीको भूमिका विषयक कार्यक्रम सम्पन्न | तेस्रो मधुवन औद्योगिक, व्यापारिक, कृषि, साँस्कृतिक तथा पर्यटन महोत्सव माघ १५ देखि २५ सम्म | पौने ३१ करोडको बजेट प्रस्तुत गर्दै मधुवन न.पा.को पन्ध्रौ नगर सभा सम्पन्न | जिल्ला सहकारी संघ बर्दियाको २२ औँ बार्षिक साधारण सभा सम्पन्न | बाँसगढीमा सनिबार देखि प्रथम थारु, कृषि, पर्यटन, संस्कृतिक मेला संचालन हुदै |

पहिलो उल्का वर्षा आज राति, नाङ्गो आँखाले हेरेर मनोरञ्जन लिन सकिने
पहिलो उल्का वर्षा आज राति, नाङ्गो आँखाले हेरेर मनोरञ्जन लिन सकिने

Rato Pen 68+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

काठमाडौँ : सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। 

भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति भने अत्यधिक उल्का वर्षा हुने उनले बताए। 

आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ। उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने भट्टराईले उल्लेख गरे।

अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले आकाशमा हेरेर अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन्। 

उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि एक सय २० वटासम्म वर्षा हुने अनुमान गरिएको छ। ती आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमीमाथि वायुमण्डलमा देखिनेछन्। 

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्रगतिले ठोक्किएर जल्दछन्। यसैलाई उल्का वर्षा भनिन्छ। उल्का वर्षालाई नेपाली बोलचालमा ‘तारा खसेको’ पनि भनिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार