मुख्य समाचार
गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न | बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी | जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता |

पहिलो उल्का वर्षा आज राति, नाङ्गो आँखाले हेरेर मनोरञ्जन लिन सकिने

Rato Pen 335+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

काठमाडौँ : सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। 

भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति भने अत्यधिक उल्का वर्षा हुने उनले बताए। 

आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ। उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने भट्टराईले उल्लेख गरे।

अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले आकाशमा हेरेर अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन्। 

उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि एक सय २० वटासम्म वर्षा हुने अनुमान गरिएको छ। ती आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमीमाथि वायुमण्डलमा देखिनेछन्। 

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्रगतिले ठोक्किएर जल्दछन्। यसैलाई उल्का वर्षा भनिन्छ। उल्का वर्षालाई नेपाली बोलचालमा ‘तारा खसेको’ पनि भनिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार