मुख्य समाचार
बारबर्दियामा न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु | बारबर्दियामा छैठौं मेयर कप फुटबल प्रतियोगिता सुरु | ठाकुरबाबामा युवा संजालको साझा योजना विषयक अन्तरक्रिया सम्पन्न | कतर्निया स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न | बारबर्दिया नगरपालिकालाई स्वास्थ्य सेवा क्षेत्रमा दोस्रो स्थान | ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा | बारबर्दिया १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषित | नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी सम्पन्न | बारबर्दिया–१ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै | बर्दियामा बेपत्ता दिवस : आयोगसँग छलफल, सडकमा र्याली र पालिकाभरि दीप प्रज्वलन |

बारबर्दियामा द्वन्द्व पीडित महिला र बालिकाको तथ्याङ्क संकलन गर्ने
बारबर्दियामा द्वन्द्व पीडित महिला र बालिकाको तथ्याङ्क संकलन गर्ने

SizTex 30+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

बारबर्दिया नगरपालिकाले द्वन्द्व पीडित तथा प्रभावित महिला र बालिकाको समष्टिगत पहिचान गर्न तथा तथ्याङ्क संकलनका लागि उपसमितिका तीन जनालाई खटाउने निर्णय गरेको छ।

महिला, शान्ति तथा सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० कार्यान्वयनका लागि नेपाल सरकारको राष्ट्रिय कार्ययोजना कार्यान्वयन समिति बारबर्दियाको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

बारबर्दिया नगरपालिकाका ११ वटै वडामा दुई महिनाभित्र, २०८२ वैशाख मसान्तसम्म, तथ्याङ्क संकलन सम्पन्न गर्ने निर्णय गरिएको छ। राष्ट्रिय कार्ययोजना कार्यान्वयन स्थानीय समितिका संयोजक तथा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको अध्यक्षतामा बसेको बैठकमा उक्त कार्ययोजना अन्तर्गत द्वन्द्व पीडित महिला र बालिकाको पहिचान तथा तथ्याङ्क संकलन कार्य निश्चित समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

नगरउपप्रमुख एवं राष्ट्रिय कार्ययोजना स्थानीय कार्यान्वयन उपसमितिका संयोजक रत्नकुमारीले आफ्नो निगरानीमा तथ्याङ्क संकलन कार्य गराउने बताउनुभयो। द्वन्द्व पीडित समितिका अध्यक्ष भगीराम चौधरीले नेपाल सरकारको राष्ट्रिय कार्ययोजना कार्यान्वयन पालिकाको उपलब्धि भएको उल्लेख गर्दै, यस कार्यले द्वन्द्व पीडित परिवारका सदस्यहरूलाई न्याय दिलाउने कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा द्वन्द्व पीडित समितिका संयोजक मानबहादुर चौधरीले बर्दियामा कार्यान्वयनको अवस्थाबारे जानकारी गराउनुभयो। स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख उषा पुन, सामाजिक विकास संयोजक श्यामकुमारी चौधरी, सञ्चारकर्मी तथा द्वन्द्व पीडित परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार