मुख्य समाचार
रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप |

बारबर्दियामा द्वन्द्व पीडित महिला र बालिकाको तथ्याङ्क संकलन गर्ने
बारबर्दियामा द्वन्द्व पीडित महिला र बालिकाको तथ्याङ्क संकलन गर्ने

SizTex 42+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

बारबर्दिया नगरपालिकाले द्वन्द्व पीडित तथा प्रभावित महिला र बालिकाको समष्टिगत पहिचान गर्न तथा तथ्याङ्क संकलनका लागि उपसमितिका तीन जनालाई खटाउने निर्णय गरेको छ।

महिला, शान्ति तथा सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० कार्यान्वयनका लागि नेपाल सरकारको राष्ट्रिय कार्ययोजना कार्यान्वयन समिति बारबर्दियाको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

बारबर्दिया नगरपालिकाका ११ वटै वडामा दुई महिनाभित्र, २०८२ वैशाख मसान्तसम्म, तथ्याङ्क संकलन सम्पन्न गर्ने निर्णय गरिएको छ। राष्ट्रिय कार्ययोजना कार्यान्वयन स्थानीय समितिका संयोजक तथा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको अध्यक्षतामा बसेको बैठकमा उक्त कार्ययोजना अन्तर्गत द्वन्द्व पीडित महिला र बालिकाको पहिचान तथा तथ्याङ्क संकलन कार्य निश्चित समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

नगरउपप्रमुख एवं राष्ट्रिय कार्ययोजना स्थानीय कार्यान्वयन उपसमितिका संयोजक रत्नकुमारीले आफ्नो निगरानीमा तथ्याङ्क संकलन कार्य गराउने बताउनुभयो। द्वन्द्व पीडित समितिका अध्यक्ष भगीराम चौधरीले नेपाल सरकारको राष्ट्रिय कार्ययोजना कार्यान्वयन पालिकाको उपलब्धि भएको उल्लेख गर्दै, यस कार्यले द्वन्द्व पीडित परिवारका सदस्यहरूलाई न्याय दिलाउने कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा द्वन्द्व पीडित समितिका संयोजक मानबहादुर चौधरीले बर्दियामा कार्यान्वयनको अवस्थाबारे जानकारी गराउनुभयो। स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख उषा पुन, सामाजिक विकास संयोजक श्यामकुमारी चौधरी, सञ्चारकर्मी तथा द्वन्द्व पीडित परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार