मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

लागु औषध र बाल विवाह न्यूनीकरणका लागि अन्तरक्रिया सम्पन्न
लागु औषध र बाल विवाह न्यूनीकरणका लागि अन्तरक्रिया सम्पन्न

Rato Pen 327+ समाचार ( )
२ चैत्र २०८१, सोमबार

बारबर्दिया,

"लागु औषध, बाल विवाह रहित मुक्त समाजको निर्माण, हाम्रो अभियान" भन्ने नाराका साथ बारबर्दियामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी कार्यालयका प्रतिनिधिहरूले लागु औषध नियन्त्रण र बाल विवाह न्यूनीकरणका लागि कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनु भएकाे छ । धार्मिक अगुवाहरूले सामाजिक सचेतना फैलाउने तथा नैतिक शिक्षा प्रदान गर्ने कुरामा जोड दिनु भएकाे छ । जनप्रतिनिधिहरूले नीति निर्माण, समन्वय र कार्यक्रम सञ्चालनका माध्यमबाट समस्या न्यूनीकरणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।

उक्त कार्यक्रम प्लान इन्तरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित सशक्त बालिका परियोजनाको आर्थिक सहयोगमा नगरस्तरीय युवा ज्योति क्लब, बारबर्दिया-६, जयनगरको आयोजनामा तथा बारबर्दिया नगरपालिका वडा नम्बर ८ को समन्वयमा सम्पन्न भएको हो।

बारबर्दिया नगरपालिका वडा नम्बर ८, दक्षिण भगतपुर टोलमा आयोजित अन्तरक्रिया कार्यक्रम युवा ज्योति क्लबका अध्यक्ष समृद्धि चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका अनुगमन तथा मूल्यांकन अधिकृत धीरज चौधरी र परियोजनाका कार्यक्रम अधिकृत संजय चौधरीले परियोजनाले सञ्चालन गरेका क्रियाकलाप तथा प्राथमिकताको विषयमा जानकारी गराउनु भएकाे छ ।

त्यस्तै, क्लबका उपाध्यक्ष दीपक थारुले क्लबका प्राथमिकता तथा बाल विवाह र लागु औषध दुर्व्यसनी रोकथामका लागि भइरहेको कार्यहरूबारे जानकारी गराउनु भएकाे छ । कार्यक्रममा उपस्थित सरोकारवालाहरूले बाल विवाह तथा लागु औषध दुर्व्यसनीविरुद्ध सचेतना अभियान सञ्चालन गर्ने, कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार