मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

के हाम्रो सम्वन्धको पनि एक्सपायरी डेट हुन्छ?

Rato Pen 1+ समाचार ( )
३ जेठ २०८०, बुधवार

राजेश कार्की/मलाई लाग्छ जसरी एक औषधिको एक निस्चित समय पछी एक्सपायरी डेट हुन्छ त्यसरी नै शायद हाम्रो सम्वन्धको पनि एक एक्सपायरी डेट हुन्छ । एक समयसम्म हामी सम्वन्धमा रहेतापनि समय संगै हाम्रो सम्वन्धमा केही ग्याप आउन थाल्दछ ।

जस्तै घरमा ल्याएको एक औषधि हामीले तत्काल खाएमा फाईदा पुर्याउंदछ तर अबको २ बर्ष पछी त्यही औषधि हाम्रो लागि बीषतुल्य हुन्छ र त्यसलाई घरवाट बाहिर फाल्नु भन्दा अन्य बिकल्प हुन्न । शायद यसरी नै हाम्रो सम्वन्धको पनि डेट एक्सपायर भएर बिषतुल्य भई कयौं सम्वन्धवाट आफै टाढिनु पर्ने र कयौं सम्वन्ध आफै टाढिने अवस्था सृजना हुन्छ ।

आउनुस आफ्नो एक्सपायर भएका सम्वन्धका जाँच गर्नका लागी एक एक्सपेरिमेंट गरौं ।

अहिले सोसियल मेडियाको जमाना छ । फेसबुक,ह्वाट्सएप, ईन्स्ट्राग्राम, भाईबर आदि जस्ता चिजले हामीलाई संसारसंग जोडेको छ । अब भन्नुस त तपाईहरुले कति बर्ष देखि फेसबुकको प्रयोग गर्दै हुनुहुन्छ ? ज्यादा मानिसको जवाफ होला ५,६,७,८,९,१० बर्ष....... म आफ्नो कुरा गर्ने हो भने म १२ बर्ष देखि फेसबुकको प्रयोग गर्दैछु । फेसबुकमा मेमोरीज या आफ्नै आईडी स्क्रोल गर्दै या म्यासेन्जरमा आफुले अरुसंग गरेका कुरा ध्यानले हेर्नुस ।

त आज भन्दा ४ बर्ष पहिले कुनै होटलमा खांदै जुन साथीका साथ बेस्ट फ्रेंड फरएवर वाला पोस्ट गरेका थियौं, ३ बर्ष पहिले जुन मानिससंग लामो लामो च्याट गरेका थियौं, ७ बर्ष पहिले आफ्नो साथीहरु को जुन ग्रुपसंग कुनै रमणिय स्थल घुम्न गएर हात पकडेर पूरा गर्वका साथ आफ्नो फोटो अपलोड गरेका थीयौं । फेसबुकमात्र नभई बाहिरी दुनियामा पनि हुन सक्छ आज भन्दा २ बर्ष पहिले तपाईको प्रेम रितासंग भएको थियो अनि १ बर्ष पहिले तपाईको धडकन सुसिला थीई तर आजको दिनमा तपाई सोमाको श्रीमान भएर बस्नुभएको छ । त अब तपाईं नै भन्नुस त्यति मध्य कुन सम्बन्धमा अहिले पनि हुनु हुन्छ ? स्कुल पढ्दा तपाईका कति जना एकदम मिल्ने साथी थिए ? कलेज पढ्दा ताका साथीपनि थिए होलान नै । सायद धेरै संग पुराना फोटो एल्बम होला नै एक पटक त्यसमा हेर्नुस त । ती मध्य कति मित्रसंग तपाईं नियमित टचमा हुनु हुन्छ ? पहिले जो संग च्याटमा धन्टौं कुरा हुन्थ्यो, ती मध्य अहिले कतिले तपाईको मोबाईल या म्यासेन्जर, ह्वाट्सएपको घन्टि बजाउंछन ? यसैवाट यो अब बुझौं कि यहाँ ती हरेक सम्वन्धको एक्सपायरी डेट हुन्छ ।

केही पहिले आफ्नो एक मित्रको मुखवाट सुनेको थिएं कि यो भर्चुवल दुनिया वास्तबमा एक भ्रामक दुनिया हो तर वास्तविक दुनियापनि भ्रामक नै हो जहां हामी सम्वन्ध केवल यसकारण बनाउंदछौं किनकि त्यो समय हामीलाई त्यो सम्वन्धको आवस्यक्ता परेको हुन्छ । आवस्यक्ता सकियो सम्बन्ध फिका हुँदै गयो । अझ सत्य कुरा त यो हो कि हाम्रो आवस्यक्ता समय अनुसार परिवर्तन हुन्छ र सम्बन्ध आवस्यक्ता अनुसार ।

जोसंग भेट्न तपाईं घरमा १० वटा झुट बोलेर जानुहुन्थ्यो , घरवाट पैसा चोरेर बर्थ डे गिफ्ट दिनु हुन्थ्यो उ संग अहिले कुनै सम्पर्क छ ? अरु त अरु स्कुलका मिल्ने साथी हुन या कलेजका, अफिसमा दुख सुखमा कांध हाल्ने साथी हुन या नातागोता, आज तिनीहरु संग कुनै सम्पर्क नभएको कति भयो ?

ल पहिले प्रेम गरेकाहरु संग अहिले बोलचाल छैन अरे तर यहाँ त हरेक मित्रता पनि केवल भ्रममै सिमित भयो । कहिले उसको गल्ती, कहिले हाम्रो ईगो त कहिले आफु भित्र भरिएको क्रोधलाई सेल्फ रेस्पेक्टका नाममा बाहिर निकाल्नु, गिभ एण्ड टेक टाईपको मित्रता, अर्कोले मेरोलागी केही गरेन, मेरो भावना बुझेन, उसले आफ्नो आवस्यक्ता अनुसार मलाई युज गर्यो भन्ने जस्ता सोचले सम्वन्धलाई डेट एक्सपायर गर्न मद्धत गर्दछ ।

के यही मात्र हो त हाम्रो सम्बन्ध ? सोचौं एक पटक ती हात पकडेर हिडेको रमाईलो क्षण, संगै स्कुल, कलेज पढदा भएका आँखा जुधाई, हंसि मजाक अनि सामान्य तिता मिठा क्षण र पहिलेका सम्वन्धलाई एक पटक फेरि रिन्यु गर्ने कोसिस गरौं ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार