मुख्य समाचार
विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न | बारबर्दियामा एआई एक्स–रेद्वारा क्षयरोग खोजपड्ताल शिविर सुरु, ४८७ जनाको परीक्षण | बर्दियाका ३५१ घरधुरी न्याय माग्दै पुगे प्रशासन | बर्दियामा विरोध प्रदर्शन, वन कार्यालयको सूचना फिर्ता गर्न माग |

लेटाङमा डेंगुमा विरामीहरुको संख्या बढ्दो, ११ जना संक्रमित

Rato Pen 1+ समाचार ( )
२४ असार २०८०, आइतबार

मोरङ । लेटाङ नगरपालिकामा डेंगुका विरामीहरुको संख्या बढ्न थालेको छ । लेटाङ नगरपालिकाका विभिन्न अस्पतालमाहरुमा चेकजाँच गराएका मध्ये १० जनामा डेंगु पुष्टि भएको छ । लेटाङ नगरपालिकाको नगर अस्पतालमा ५ जना, शुभकामना हस्पिटलमा ४ जना, एडभान्स हस्पिटलमा १ जना र दीर्घायूमा १ जना गरि हालसम्म जम्मा ११ जनामा डेंगु रोग पुष्टि भएको छ । यसरी डेंगु पुष्टि हुनेहरुमा वडा नम्बर ३ को कमलपुर र विरन तथा वडा नम्बर ३ र ४ को बजार क्षेत्रकाहरु बढी छन् । लेटाङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख केशव रिजालले भने हालसम्म १० जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । उहाँले संख्या बढेको हुन सक्ने भन्दै पछिल्लो विवरण संकलन भइरहेको पनि जानकारी दिनुभयो ।  

 नगरमा डेंगुका विरामीहरुको संख्या बढीरहँदा नगरपालिकाले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपने भन्दै आवाज उठ्न थालेको छ । जनप्रतिनिधिहरुले समेत डेंगु रोग नियन्त्रणका लागि समयमै आवश्यक कदम चाल्नुपर्नेमा ढिलाइ भएको स्विकार गरेका छन् ।  लेटाङ ३ का वडाध्यक्ष डम्बर राईले आफुले समयकै डेंगु नियन्त्रणका लागि काम गर्नुपर्ने भनेर आग्रह गरेपनि स्वास्थ्य शाखाले ढिलाइ गरेको गुनासो गर्नुभयो । यता लेटाङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख केशव रिजालले नगरपालिका डेंगु रोग नियन्त्रणमा जुटिरहेको जानकारी दिनुभयो । नगरपालिकाले वडाध्यक्षहरु र सरोकारवालाहरुलाई राखेर डेंगु नियन्त्रणका लागि आइतबार बैठक आह्वान गरेको पनि उहाँले बताउनुभयो । बैठकले आवश्यक निर्णय गरेर डेंगु नियन्त्रणका लागि प्रभावकारी रुपमा काम अघि बढाउने उहाँको भनाइ छ । 

वर्षायामसँगै नेपालका विभिन्न ठाउँमा डेंगुका विरामीहरु बढ्ने गरेका छन् । हाल पूर्वका धरान, इटहरी क्षेत्रमा पनि डेंगू बढ्दो छ । डेंगुको संक्रमण भएका व्यक्तिहरुमा प्राय जस्तो उच्च ज्वरो (१०४ डिग्री फारेनहाइट  वा ४० डिग्री सेल्सियससम्म ) देखिन्छ । यस्तै संक्रमित व्यक्तिहरुको आँखाको पछाडि (भित्रि) भाग दुख्नु ,वाकवाकी लाग्नु, मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रंथिहरु सुन्निनु, छाला रातो हुनुका साथै छालामा डाबर आउनु यस रोगको लक्षण हुन् । लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि डेंगु ज्वरोको लक्षण देखिन थाल्छ र लक्षणहरु ३ देखि ७ दिनसम्म रहन सक्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार