मुख्य समाचार
बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने |

महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण
महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण

Rato Pen 354+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया, वैशाख — गुलरिया नगरपालिका वडा नं. ५ बालापुरमा चार वटा महिला कृषक समुहलाई कृषि यन्त्रीकरणसम्बन्धी सामग्री वितरण गरिएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा उक्त सामग्री प्रदान गरिएको हो।

बुधवार बालापुर गाउँमा आयोजित सार्वजनिक तथा जनलेखा परीक्षण कार्यक्रममार्फत सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रदेश सांसद राजकुमार चौधरीले बालापुर गाउँ कृषि कर्मका लागि परिचित रहेको र यहाँका महिलाहरू सक्रिय तथा मेहनती भएकाले लक्षित रूपमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले कृषक महिलाहरूलाई यन्त्रहरूको अधिकतम प्रयोग गरी उत्पादन र आम्दानी बढाउन सुझाव दिनुभयो।

बालापुरमा गुराँस महिला कृषक समुह, लगनशील (आईपिएम) कृषक महिला समुह, चन्द्रमुखी महिला कृषक समुह र दीप ज्योति कृषक महिला समुह गरी चार वटा समुह सक्रिय छन्। ती समुहहरूमा ९९ जना महिला आबद्ध रही तरकारी खेती गर्दै आएका छन्।

कार्यक्रम अन्तर्गत समुहहरूलाई दुई वटा पावर टिलर, एक वटा मिनी टिलर, दुई वटा चाप कटर (घाँस काट्ने मेसिन), एक वटा पानी तान्ने मोटर र ४३ वटा स्प्रे ट्यांकी वितरण गरिएको छ।

कार्यालयका सूचना अधिकारी फिर्तुमान चौधरीका अनुसार कृषि यन्त्रीकरण कार्यक्रमका लागि सूचना जारी भएपछि स्थानीय महिलाहरूले चार वटा समुहबाट प्रस्ताव पेश गरेका थिए। सोही आधारमा सम्झौता गरी प्रत्येक समुहलाई एक लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। 

कार्यक्रममा गुलरिया नगरपालिका वडा न. ५ का वडा अध्यक्ष मुम बहादुर मल्लले यस कार्यक्रमले महिला कृषकहरूको उत्पादन क्षमता अभिवृद्धि गर्दै आत्मनिर्भरता बढाउन सहयोग पुग्ने बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार