मुख्य समाचार
रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप |

एमाले कोशी प्रदेश कमिटीमा इलाम, पाँचथर र सोलुखुम्बूबाट सर्वसहमत, मोरङबाट २ जना निर्विरोध

Rato Pen 1+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा भूगोलतर्फ ३ जिल्लामा सर्वसम्मत सदस्य चयन भएको छ । केही जिल्लामा दलित र युवा क्लस्टरबाट पनि निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनमा छुट्टाएको कोटाअनुसार नै इलाम, पाँचथर र सोलुखुम्वुबाट सर्वसम्मत सदस्य चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पाँचथरबाट ४ जना खुल्ला सदस्यमध्ये भवानिप्रसाद लिङ्देन, गोविन्द तामाङ, नरेन्द्रकुमार बस्नेत, धनकुमार पियाकको मात्रै मनोनयन दर्ता भएपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महिलातर्फ आशारत्न जवेगु र करुणा राई र युवातर्फ दिनेशकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् । एकजना दलित सदस्यमा भने पाँचथरबाट मनोनयन नै दर्ता भएको छैन ।

इलामबाट १७ जना नै निर्विरोध भएका छन् । खुल्लातर्फ १०, महिलातर्फ ५, युवा १ र दलित १ गरी १७ जना नै निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिनुभयो । 

इलामबाट खुल्लाबाट धनकुमार श्रेष्ठ ओमनारायण खनाल, केशव शर्मा, कृष्णकुमार शाह, यामप्रसाद अधिकारी, जयप्रकाश राई, काजीमान कागते र गणेश बराल निर्विरोध भएका छन् । महिलातर्फ रिपल राई, शकुन्तला लेप्चा, वृन्दा विश्वकर्मा, सावित्रा शिवा र टीकादेवी घिमिरे, युवातर्फ राजकुमार थापा र देवेन्द्र विश्वकर्मा निर्विरोध भएका छन् ।

सोलुबाट ८ जना सदस्य निर्विरोध भएको हुन् । खुल्लाबाट उत्तमकुमार बस्नेत, सोनामगेल्जेन शेर्पा र महेश किराती निर्विरोध भएका छन् । महिलातर्फ सूर्यकुमार सुनुवार, पार्वती राई र टासील्हामु शेर्पा निर्विरोध भए । युवामा चरित्र भुजेल र दलितमा डाकबहादुर रणपहेली पनि सदस्य बने ।

ताप्लेजुङबाट युवातर्फ देवसेन आङ्वुहाङ्ग र दलितमा बुद्धिमान परियारको मात्रै उम्मेदवारी परेकाले उनीहरू पनि निर्विरोध भएका छन् ।

खोटाङमा महिलातर्फ विनादेवी राई, दिलकुमारी राई र पुष्पकला भुजेलको मात्रै मनोनयन दर्ता भएपछि निर्विरोध भएका छन् । दलितमा खोटाङकै चर्चबहादुर विश्वकर्मा पनि निर्विरोध भए ।

मोरङबाट भने युवा महिला निर्विरोध निर्वाचित भएका छन् । ४ जना युवा निर्वाचित गर्नुपर्नेमा दुई महिला ज्योती चौहान र फुल थुङ्गा खतिवडा निर्विरोध भएका छन् । धनकुटाबाट दलितमा यज्ञकुमारी रुचाल निर्विरोध भएकी छन् । तेह्रथुममा पनि दलितबाट अनुभूतीबम नेपाली निर्विरोध निर्वाचित भए

भोजपुरबाट युवामा रोशन बस्नेत र दलितमा सञ्जना दर्जी निर्विरोध भए । मजदुरमा महिलातर्फ माया भण्डारी र निर्मला परियार साथै खुल्लामा सदस्यमा सुशीला पहाडी ढकाल र रुफीना गुरुङ निर्विरोध भए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार