मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

बर्दियामा धमाधम राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता
बर्दियामा धमाधम राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता

Rato Pen 355+ समाचार ( )
८ मंगशिर २०८२, मङ्गलबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया जिल्लामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिताहरू निरन्तर रूपमा सञ्चालित भइरहेका छन्। जिल्लाका आठ स्थानीय तहमध्ये पाँच नगरपालिकामा प्रतियोगिता सम्पन्न भइसकेका छन्। ठाकुरबाबा, बारबर्दिया, राजापुर र मधुवन नगरपालिकामा प्रतियोगिता सकिएको छ भने गुलरिया नगरपालिकामा आइतबारबाट प्रतियोगिता सुरु भएको हो।

विगतमा पुस–माघको अत्यधिक चिसोका कारण प्रतियोगिता सञ्चालनमा चुनौती आउने भएकाले यस वर्ष मंसिरमै प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ गुलरिया नगरपालिका स्तरिय अठारौँ राष्ट्रपति रनिङ शिल्ड तथा छैटौँ मेयर कप खेलकुद प्रतियोगिता २०८२, गुलरिया–४ स्थित खेल मैदानमा भव्य रूपमा सुरु गरिएको हो। सामुदायिक ४४ र संस्थागत १५ गरी ५९ विद्यालयमध्ये ५६ विद्यालयले आकर्षक मार्चपासमार्फत सहभागिता जनाएका छन्।

उद्घाटन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले खेलकुद राष्ट्र चिनाउने माध्यम भएको बताउँदै बालबालिकाको समग्र विकासमा यसको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। साथै, राज्यले खेलकुद प्रवर्द्धनमा अझै बढी ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो। उहाँले मार्चपासमा सहभागी विद्यार्थीहरू नै भोलिका प्रतिभाशाली खेलाडी बन्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयो।

आयोजक समितिका संयोजक निर्मल उपाध्यायका अनुसार प्रतियोगिताको समापन मंसिर १२ गते हुनेछ। एथलेटिक्स, भलिबल, कबड्डी, क्रिकेटलगायत ४१ विधामा विद्यालयहरूले प्रतिस्पर्धा गर्नेछन्।

उद्घाटन समारोहमा नगर प्रमुख मुक्तिनाथ यादवले शिक्षा र खेलकुद विकासलाई समानान्तर रूपमै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। खेलकुदले बालप्रतिभा उजागर गर्न तथा शिक्षाको गुणस्तर वृद्धि गर्न मद्दत गर्ने उहाँको विश्वास थियो।

प्रतियोगिताबाट बालबालिकाको प्रतिभा पहिचान भई खेलकुद र शैक्षिक विकास दुबै क्षेत्रमा नयाँ उचाइ हासिल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार