मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दिया–८ को जनज्योति आ.वि. तीन तारे विद्यालय घोषणा
बारबर्दिया–८ को जनज्योति आ.वि. तीन तारे विद्यालय घोषणा

Rato Pen 357+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

बारबर्दिया,

बारबर्दिया नगरपालिका–८ स्थित जनज्योति आधारभूत विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको छ। लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार थारुले एक विशेष कार्यक्रममा विद्यालयलाई तीन तारे विद्यालयको रूपमा घोषणा गर्नुभएको हो।

विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० वटा सूचकहरू पूरा गरी सरसफाइसम्बन्धी व्यवहारमा सकारात्मक परिवर्तन ल्याएपछि तीन तारा प्राप्त गर्न सफल भएको हो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रदेश सांसद थारुले शिक्षक, विद्यार्थी र अभिभावकहरूको मेहनत तथा लगनशीलताका कारण विद्यालयले यो उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो। साथै, उहाँले विद्यालयको विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएकी बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले विद्यालयले तीन तारे स्तर कायम राख्न निरन्तर सरसफाइलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। साथै, बारबर्दिया नगरपालिकामा यो उपलब्धि हासिल गर्ने दोस्रो विद्यालय बनेकोमा विद्यालय परिवार र सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

विद्यालयले तीन तारा प्राप्त गर्न निम्न सूचकहरू पूरा गरेको छ:

  • स्वच्छ खानेपानीको व्यवस्था
  • सफा र व्यवस्थित शौचालय
  • हरियालीयुक्त स्वच्छ वातावरण
  • व्यक्तिगत सरसफाइ
  • समुचित सरसफाइ सुविधा
  • सरसफाइ शिक्षा
  • महिनावारी स्वच्छता व्यवस्थापन
  • संस्थागत व्यवस्थापन र दिगोपन
  • विपद् जोखिम व्यवस्थापन
  • अनुगमन तथा जवाफदेहिता

कार्यक्रममा विभिन्न वक्ताहरूले विद्यालयमा सरसफाइको स्थायित्वलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुका साथै शिक्षाको गुणस्तर सुधार गर्ने आवश्यकता औंल्याएका थिए।

बारबर्दिया नगरपालिका, युके एड, वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ, र नेपाल प्रजनन स्याहार केन्द्रको संयुक्त प्रयासमा विद्यालयलाई तीन तारे विद्यालयको रूपमा घोषणा गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार