मुख्य समाचार
२३ वर्षपछि अन्तिम संस्कार ः अमर बहादुर बुढाको परिवारको पीडादायक यात्रा | द्वन्द्वपीडितको अवस्था बुझ्न बारबर्दिया र ठाकुरबाबामा अनुगमन कार्यक्रम | बर्दियामा हावाहुरी र वर्षाले गहुँ र मकैमा क्षति, कृषक चिन्तित | मधुवनमा १९१ महिलाले गराए पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ | तानाशाही तर्फ देश धकेल्ने षड्यन्त्र भैरहेको छ ः अध्यक्ष प्रचण्ड | बर्दियामा वेपत्ता योद्धा कृष्ण थारुको शालिक अनावरण | “जनतासँग माओवादी” अभियानमा प्रचण्डको बर्दिया दौडान, विभिन्न स्थानमा कार्यक्रम | सीमावर्ती क्षेत्रमा बजार अनुगमन, पाँच व्यवसायी जरिवानासहित स्थानीयमा आशा | बेपत्ता पारिएका व्यक्तिहरूको २३ बर्ष पछि बाध्यात्मक अन्तिम संस्कार | नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाेली बर्दिया आगमन हुने, पर्सि विभिन्न स्थानमा जनसम्बोधन |

शनिबार वडा नं ३ र वडा नं ८ बीच प्रतिस्पर्धा हुने
मेयर कप फुटबल : लेटाङ-५ द्वारा लेटाङ-१ ३-१ ले पराजित

Rato Pen 1+ समाचार ( )
१५ आश्विन २०८०, शुक्रबार

मोरङ । लेटाङमा जारी दोस्रो मेयर कप फुटवल प्रतियोगितामा वडा १ लाई पराजित गर्दै वडा नम्बर ५ क्वाटरफाइलनमा प्रवेश गरेको छ । आज असार १५ गते भएको खेलमा वडा नं ५ ले वडा नं १ लाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै क्वाटर फाइलनमा पुगेको हो । वडा नम्बर ५ को तर्फबाट जर्सी नं ७ का गणेश कार्कीले २ गोल र जर्सी नं ९ का मोदी राईले १ गोल गरे भने वडा १ को तर्फबाट जर्सी नं २ का युकेश लिम्बूले सान्त्वना गोल फर्काए । आजको खेलको म्यान अफ द म्याच वडा न. ५ का खेलाडी गणेश कार्की घोषित भए ।

आज विजयी भएको वडा नम्बर ५ ले आइतबार हुने क्वाटरफाइलन खेलमा वडा नम्बर ४ को सामना गर्नेछ । अन्य टीमहरुले सिधै क्वाटरफाइलन खेल खेलिरहँदा वडा नम्बर ५ ले भने वडा नम्बर ८ लाई पराजित गरेर मात्रै क्वाटरफाइनलमा स्थान बनाएको हो । 

 लेटाङ नगरपालिका वडा नं ३ स्थीत कमलपुर खेल मैदानमा संचालन भइरहेको प्रतियोगिता अन्तरगत भोलि शनिबार वडा नं ३ र वडा नं ८ बीच प्रतिस्पर्धा हुनेछ । घरेलु मैदानमा मेयर कप खेल्ने अवसर पाएको वडा नम्बर ३ लाई उपाधि दाबेदारको रुपमा समेत लिने गरिएको छ ।

नगरका ९ वटै वडा सहभागि प्रतियोगिताको फाइनल खेल भने असार २२ गते हुनेछ । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई समेटेर नगर स्तरीय फुटबल टीम तयार गर्ने योजना रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव कृष्णराज राईले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार