मुख्य समाचार
बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न |

बारबर्दिया नगरपालिकामा महिला स्वास्थ्य स्वयमसेविकाको १० दिने आधारभूत तालिम सुरु
बारबर्दिया नगरपालिकामा महिला स्वास्थ्य स्वयमसेविकाको १० दिने आधारभूत तालिम सुरु

Rato Pen 349+ समाचार ( )
१० असार २०८२, बुधवार

बर्दिया, असार ११ – बारबर्दिया नगरपालिकामा हालसालै नियुक्त गरिएका महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरूका लागि आजदेखि १० दिने आधारभूत तालिम सुरु भएको छ।

यो तालिम उमेरहद वा स्वेच्छिक अवकाश लिएका स्वयमसेविकाहरूको स्थानमा नियुक्त नयाँ स्वयमसेविकाहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। तालिमको उद्घाटन कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले महिला स्वयमसेविका स्थानीय सरकार र समुदायबीचको सेतु भएको उल्लेख गर्दै, स्वास्थ्य क्षेत्रमा उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सेवा सुविधा र उत्कृष्ट कार्यका लागि पुरस्कारको व्यवस्थाबारे जानकारी दिँदै इच्छाशक्ति सहित कार्य गर्न आग्रह गर्नुभयो।

नगरउपप्रमुख रत्नकुमारी पाण्डेले तालिमलाई अन्तरक्रियात्मक बनाउने र सेवा दिनुअघि सेवाको बारेमा बुझ्न स्वयमसेविकाहरूलाई प्रेरित गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईले स्वयमसेविकाले मन, बचन र कर्मबाट सेवा दिनुपर्ने भन्दै उनीहरू राज्यको प्रतिनिधिको रूपमा सूचना प्रवाह गर्ने भएकाले आधिकारिक र सटीक हुनुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले सेवा सुविधा भन्दा ज्ञान र सीपमा ध्यान दिनुपर्ने सल्लाह दिँदै तालिम सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

तालिममा १ महिना देखि ५ वर्षसम्म काम गरिसकेका तर आधारभूत तालिम लिन बाँकी रहेका १८ जना स्वयमसेविकाहरू सहभागी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार