मुख्य समाचार
२३ वर्षपछि अन्तिम संस्कार ः अमर बहादुर बुढाको परिवारको पीडादायक यात्रा | द्वन्द्वपीडितको अवस्था बुझ्न बारबर्दिया र ठाकुरबाबामा अनुगमन कार्यक्रम | बर्दियामा हावाहुरी र वर्षाले गहुँ र मकैमा क्षति, कृषक चिन्तित | मधुवनमा १९१ महिलाले गराए पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ | तानाशाही तर्फ देश धकेल्ने षड्यन्त्र भैरहेको छ ः अध्यक्ष प्रचण्ड | बर्दियामा वेपत्ता योद्धा कृष्ण थारुको शालिक अनावरण | “जनतासँग माओवादी” अभियानमा प्रचण्डको बर्दिया दौडान, विभिन्न स्थानमा कार्यक्रम | सीमावर्ती क्षेत्रमा बजार अनुगमन, पाँच व्यवसायी जरिवानासहित स्थानीयमा आशा | बेपत्ता पारिएका व्यक्तिहरूको २३ बर्ष पछि बाध्यात्मक अन्तिम संस्कार | नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाेली बर्दिया आगमन हुने, पर्सि विभिन्न स्थानमा जनसम्बोधन |

केपी ओली कपको प्रचार प्रसारका लागि मोरङमा जिल्लाव्यापी कार्यक्रम

Rato Pen 103+ समाचार ( )
२० माघ २०८०, शनिबार

लेटाङ । रास्ट्रिय युवा संघ नेपाल मोरङले केपी ओली कप २०८० को प्रचार प्रसारका लागि प्रतियोगिताको पूर्वसन्ध्यामा जिल्लाव्यापी कार्यक्रम सञ्चालन गरेको छ ।

रास्ट्रिय युवा संघ नेपाल मोरङले जिल्लाका १७ वटै पालिकामा कार्यक्रम गर्ने क्रममा स्थानीय पालिका कमिटीसँगको समन्वयमा मैत्रीपूर्ण क्रिकेट, फुटबल र फुटसल खेल खेलाउनुका साथै सरसफाई कार्यक्रम र लागुऔषध विरुद्धको सचेतना जस्ता सामाजिक गतिविधि सञ्चालन गरेको छ । 

जस अन्तरगत सुन्दरहरैंचा, बेलबारी, सुनवर्सी, कटहरी र केरावारीमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ भने उर्लाबारीमा फुटसल र लागुऔषध विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

यस्तै विराटनगर र बुढीगंगामा क्रिकेट प्रतियोगिता तथा  मिक्लाजुङमा फुटसल र सरसफाई कार्यक्रम गरिएको संगठन विभाग प्रमुख मनोज दाहालले जानकारी दिनुभयो । लेटाङमा भोलि आइतबार भलिवल प्रतियोगिता गराइने तथा जहदा र धनपालथानमा आउँदो शनिबार क्रिकेट प्रतियोगिता गर्ने तयारी रहेको उहाँको भनाइ छ । 

केपी ओली कपको प्रचार प्रसारका साथै युवाहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै लागुऔषध दुव्र्यसनीबाट टाढै राखेर स्वास्थ्य समाज निर्माण गर्ने उद्देश्यले जिल्लाव्यापी कार्यक्रम गरिएको संघका जिल्ला अध्यक्ष प्रविण घिमिरेले बताउनुभयो । 

रास्ट्रिय युवा संघ नेपाल मोरङले आगामी दिनमा पनि यस्तै प्रकारका  सामाजिक र जनमुखि अभियानलाई निरन्तर दिंदै जाने उहाँको भनाइ छ । केपी ओली कप आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार