मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

केपी ओली कपको प्रचार प्रसारका लागि मोरङमा जिल्लाव्यापी कार्यक्रम

Rato Pen 357+ समाचार ( )
२० माघ २०८०, शनिबार

लेटाङ । रास्ट्रिय युवा संघ नेपाल मोरङले केपी ओली कप २०८० को प्रचार प्रसारका लागि प्रतियोगिताको पूर्वसन्ध्यामा जिल्लाव्यापी कार्यक्रम सञ्चालन गरेको छ ।

रास्ट्रिय युवा संघ नेपाल मोरङले जिल्लाका १७ वटै पालिकामा कार्यक्रम गर्ने क्रममा स्थानीय पालिका कमिटीसँगको समन्वयमा मैत्रीपूर्ण क्रिकेट, फुटबल र फुटसल खेल खेलाउनुका साथै सरसफाई कार्यक्रम र लागुऔषध विरुद्धको सचेतना जस्ता सामाजिक गतिविधि सञ्चालन गरेको छ । 

जस अन्तरगत सुन्दरहरैंचा, बेलबारी, सुनवर्सी, कटहरी र केरावारीमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ भने उर्लाबारीमा फुटसल र लागुऔषध विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

यस्तै विराटनगर र बुढीगंगामा क्रिकेट प्रतियोगिता तथा  मिक्लाजुङमा फुटसल र सरसफाई कार्यक्रम गरिएको संगठन विभाग प्रमुख मनोज दाहालले जानकारी दिनुभयो । लेटाङमा भोलि आइतबार भलिवल प्रतियोगिता गराइने तथा जहदा र धनपालथानमा आउँदो शनिबार क्रिकेट प्रतियोगिता गर्ने तयारी रहेको उहाँको भनाइ छ । 

केपी ओली कपको प्रचार प्रसारका साथै युवाहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै लागुऔषध दुव्र्यसनीबाट टाढै राखेर स्वास्थ्य समाज निर्माण गर्ने उद्देश्यले जिल्लाव्यापी कार्यक्रम गरिएको संघका जिल्ला अध्यक्ष प्रविण घिमिरेले बताउनुभयो । 

रास्ट्रिय युवा संघ नेपाल मोरङले आगामी दिनमा पनि यस्तै प्रकारका  सामाजिक र जनमुखि अभियानलाई निरन्तर दिंदै जाने उहाँको भनाइ छ । केपी ओली कप आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार