मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

बर्दियामा मानव बेचबिखन तथा ओसारपसारका घटनामा कमी माइती नेपालद्वारा तथ्यांक सार्वजनिक
बर्दियामा मानव बेचबिखन तथा ओसारपसारका घटनामा कमी माइती नेपालद्वारा तथ्यांक सार्वजनिक

Rato Pen 332+ समाचार ( )
१५ पौष २०८२, बुधवार

होमेन्द्र थापा, बर्दिया

अघिल्लो वर्षको तुलनामा यस वर्ष बर्दिया जिल्लामा मानव बेचबिखन तथा ओसारपसारका घटनामा कमी आएको छ । बुधबार बर्दियामा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा माइती नेपाल आवधिक गृह, गुलरिया बर्दियाले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

बर्दियाको करिब ८३ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको हुँदा यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिम उच्च रहेको बताउँदै माइती नेपाल गुलरिया, बर्दियाकी संयोजक गायत्री रिमालले तथ्यांक सार्वजनिक गर्नु भएको हो । उहाँका अनुसार माइती नेपालले लामो समयदेखि बर्दियामा महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसाविरुद्ध निरन्तर काम गर्दै आइरहेको छ ।

माइती नेपालले सार्वजनिक गरेको विवरणअनुसार सन २०२४ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट ल्याई परामर्श गरिएको संख्या ३३५ रहेको थियो। मानव बेचबिखन तथा सुरक्षित बसाइँसराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएकाको संख्या ३९०, बोर्डरबाट परामर्श दिई घर फिर्ता गरिएकाको संख्या ७७, श्रम तथा यौन शोषणबाट उद्धार गरिएका ३ जना, बेचबिखनसम्बन्धी मुद्दा दर्ता ४ तथा जबरजस्ती करणीका ५३ घटना दर्ता भएका थिए ।

त्यसैगरी सन २०२५ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट ल्याई परामर्श गरिएको संख्या २५८, पारिवारिक पुनर्मिलन गराइएकाको संख्या ३०९, बोर्डरबाट परामर्श दिई घर फिर्ता गरिएकाको संख्या ७०, श्रम तथा यौन शोषणबाट उद्धार गरिएका ३ जना, बेचबिखनसम्बन्धी मुद्दा दर्ता १ र जबरजस्ती करणीका १९ घटना मात्र दर्ता भएका छन् ।

मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि माइती नेपालले बढैयाताल गाउँपालिकाको बलईगाउँ नाका, गुलरियाको सुरजपुर नाका र मधुवनको शक्तिपुर नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरी नियमित परामर्श प्रदान गर्नुका साथै पीडितहरूको उद्धार गर्दै आएको छ ।

बर्दियाका ८ वटा पालिकामध्ये सबैभन्दा बढी मानव बेचबिखनका घटना बढैयाताल गाउँपालिकामा ८३ वटा रहेका छन् भने गेरुवा गाउँपालिकामा हालसम्म शून्य अवस्था रहेको जनाइएको छ । मानव बेचबिखन तथा सुरक्षित बसाइँसराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएकामध्ये १८ वर्षमुनिका बालबालिकाको संख्या सबैभन्दा बढी रहेको माइती नेपालले जनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले मानव बेचबिखन तथा ओसारपसारका दृष्टिले बर्दिया उच्च जोखिममा रहेको जिल्ला भए पनि माइती नेपालले प्रभावकारी काम गरिरहेको बताउनुभयो । सबै सरोकारवालाको संयुक्त पहल र सहयोग भए मानव बेचबिखन तथा ओसारपसार न्युनिकरण तथा रोकथाम सम्भव हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा मानव बेचबिखनको मुख्य कारण पारिवारिक अवस्था रहेको औंल्याउँदै अभिभावकहरूले आफ्ना छोराछोरीको उचित हेरचाह, शिक्षा र संस्कारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइयो । साथै, मानव बेचबिखनका स्वरूप समयसँगै परिवर्तन हुँदै गएकाले यसको प्रभावकारी रोकथामका लागि सरोकारवालाहरूको सामूहिक प्रयास अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार